Comments Add Comment

जाकार्तामा दुई जहाज ठोक्किए

batik_air_passenger_planeइण्डोनेशिया । इण्डोनेशियाको राजधानी जाकार्तामा दुई हवाईजहाज एकापसमा ठोक्किएका छन् । उडान भर्न लागेको एक जहाज अर्कोसँग ठोक्किदा एउटाको पखेटामा आगो लागेको थियो ।

बाटिक एयरको हवाई जहाज उडान भर्न लागेको बेलामा उसको पखेटाले ट्रान्ससुनाको एक जहाजको पछिल्लो भागमा ठक्कर दिएको थियो ।

सोमबार राति भएको यस घटनामा कोही हताहत नभएको बताइएको छ । दुर्घटनापछि जहाजका यात्रुलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।

राजधानी जाकार्ताको सबैभन्दा ठूलो घरेलु एयरपोर्ट हालिम प्रेदाकुसुमा एयरपोर्टमा यो घटना भएको थियो । दुर्घटनापछि केहिबेर एयरपोर्ट बन्द गरिएको थियो ।

इण्डोनेशिया हवाई सुरक्षाका दृष्टिकोणले निकै खराव मानिन्छ । बिशेष गरी कम भाडादर भएका जहाजहरु बढि दुर्घटनामा पर्ने गरेका छन् ।

-विविसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment