Comments Add Comment

लोकसेवाले माग्यो ४४ सय बढी प्राविधिक कर्मचारी

Loksewa-aayog,-PSC
२५ चैत, काठमाडौं । लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनु भएको छ भने तपाईंलाई सरकारी जागिर खाने सुनौलो अवसर आएको छ । आयोगले ४ हजार ४ सय १३ जना प्राविधिक पदमा विज्ञापन खुलाएको छ ।

स्वास्थ्य सेवा चौंथो तथा राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार स्तरको पदका लागि झण्डै ४ हजार ४ सय भन्दा बढी कर्मचारीको लागि दरखास्त आह्वान गरिएको हो ।

यसमा स्वास्थ्य सवाका लागि मात्रै ३ हजार ५ सय १५ जनाको आवेदन माग गरिएको आयोगकी प्रवक्ता गीताकुमारी हुमागाँईले अनलाइनखबरलाई जानकारी दिइन् ।

यसमध्ये पनि अहेव र अनमी पदमा सबैभन्दा बढी कर्मचारी माग भएको छ । आयोगले आन्तरिक प्रतिस्पर्धाका लागि ९ सय ९१ पदमा आवेदन मागेको छ भने बढुवाका लागि ९३ पदमा प्रतिस्पर्धा हुने भएको छ ।

स्वास्थ्य सेवा, कृषि, फरेष्ट्री, सर्भे, कम्युटर अपरेटर, इञ्जिनियरिङ, अमिन, खानेपानी तथा सरसफाइ, इलेक्टि्रकल, मेकानिकल लगायत सेवा, समूह र उपसमूहमा प्राविधिक कर्मचारी मागेको हो ।

विभिन्न क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरुका लागि माग भएको प्राविधिक कर्मचारीका लागि योग्यता पुगेकाहरुले दरखास्त दिन सक्नेछन् ।

आगामी बैशाख १४ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । सबै समूहको परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुनेछ ।

लोकसेवा आयोगको विज्ञापन हेर्न यहाँ क्लिक गर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment