Comments Add Comment

एनसेल कर छली प्रकरणबारे अर्थ समितिले छलफल गर्ने

Ncell-Logo२५ चैत, काठमाडौं । एनसेल कर छली प्रकरणबारे व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले छलफल गर्ने भएको छ । विदेशमा टेलियासोनेराले एक्जिएटालाई एनसेलको स्वामित्व बिक्री गर्दा त्यसबाट नेपाल सरकारले कर नपाएपछि एनसेल कर छलीको विषया बहसमा आएको छ ।

समितिले चैत २६ गते शुत्रबार बिहान ८बजे सिंहदरबारस्थित कृषि तथा जलस्रोत समितिको हलमा समितिको बैठक बोलाएको छ ।

पहिलो चरणमा सभासदहरुसँग छलफल गर्ने र त्यसपछि विभन्नि विज्ञ तथा सम्बन्धित अधिकारीहरुसँग छलफल यो मुद्दा टुङगोमा पुर्याउने समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए ।

‘हामीले आवश्यक छलफल गरेर यो विषयलाई टुङ्गोमा पुर्‍याउन चाहन्छौं,’ उनले भने । करको विषय अर्थमन्त्रालय अन्तर्गत भएको र अर्थ नीति अर्थ समितिको कार्यक्षेत्रभित्र परेकाले एनसेल कर छलीको विषयमा समितिले छलफलको आयोजना गरेको समितिका सभापति ज्वालाले जानकारी दिए ।

यसअघि एनसेल कर छली प्रकणमा संसदको लेखा समिति र विकास समितिमा पटकपटक छलफल भएपनि यो काण्डबारे निचोडमा पुग्न सकेको छैन ।

तर, शुक्रबारको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । दिउसो १ बजेर ११ मिनेट जाँदा अर्थ समितिबाट बैठक स्थगित भएको इमेल पठाइएको छ । कांग्रेस संसदीय दलको चुनावलगायतका कारणाले केहीदिन स्थगित गर्नु परेको समितिका सभापति ज्वालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment