+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

वार्तामा आउन मधेसका आन्दोलनकारीलाई प्रधानमन्त्री ओलीकोे आहृवान

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ३० गते १७:२०

Pm Kp Sharma oli 1

३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आहृवान गरेका छन् ।

नयाँ वर्ष २०७३ को पूर्वसध्यामा मंगलबार साँझ देशवासीलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले भने, ‘सम्वादमा आउनुस् । लोकतान्त्रिक विधिबाट हल नहुने कुनै पनि विषय छैन ।’

संविधानमा भएको संशोधनले अधिकारका लागि सम्वाद नै काफी छ, आन्दोलन आवश्यक छैन भन्ने पुष्टि गरेको भन्दै उनले अर्वौ रुपैयाँ क्षति हुनेगरी तराई मधेसमा भएको अशान्तिको चित्तबुझ्दो कारण नपाएको बताए । उनले अघि भनेका छन्, ‘घरपरिवारका सदस्य परचक्री जस्तो र घरबाहिरका सल्लाहकारहरु स्वधर्मी जस्तो हुनै सक्दैन भन्ने हामीले मनन गर्नुपर्छ ।’

अविकासको नकारात्मक परिणाममा टेकेर अनगिन्ती ‘सामाजिक वैज्ञानिकहरू’ले धर्म, संस्कृति, जात/जाति, भूगोल र क्षेत्रका नाममा नेपालमा अनेक परीक्षण गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब यो मुलुकलाई थप प्रयोगशाला बन्न दिन हुन्न ।’

विगतमा केही भ्रम र केही राजनीतिक जटिलताले बाध्य बनाए पनि उच्च एवं गहिरो समझदारीका साथ ‘आन्दोलन’ राकेको भन्दै उनले मधेसी मोर्चा र दलहरुलाई धन्यवाद दिएका छन् ।

साथै थाँती रहेका विषयमा सार्थक बहस गरी निष्कर्षमा पुग्न उपप्रधानमन्त्रीको संयोजकत्वमा बनको राजनीतिक समितिमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सम्वाद र बहसबाट निकालिने निष्कर्षको आधारमा छिट्टै प्रदेशहरूको सीमा निर्धारण, नयाँ निर्वाचन क्षेत्र र प्रदेशको राजधानी तय गरिने बताए । प्रदेश प्रमुखहरुको अन्तरिम व्यवस्था, स्थानीय निकायको अन्तरिम निर्वाचन हुँदै प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनको तयारीमा सरकार लाग्ने उनले बताएका छने् । उनले भने, अब थप ढिलाइ स्वीकार्य हुनै सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?