Comments Add Comment

म आत्महत्या गर्दिन, बरु मलाई सताउनेको ज्यान लिन्छु

priyanka-new

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले आफुले कहिल्यै आत्महत्या नगर्ने बताउँदै बरु आफुलाई सताउनेको ज्यान लिन पछि नपर्ने धारणा राखेकी छिन् ।

‘अरु कोहिका लागि ज्यान दिनुको के अर्थ । म त आफ्नो ज्यान दिनु भन्दा पहिला उसैको ज्यान लिन्छु ।’ पद्यश्री अवार्ड लिन भारत आईपुगेकी प्रियंकाले भनिन् ।

आफ्नो पूर्व सेक्रेटरी प्रकाश जाजुले साता अघि स्ट्रगलको समयमा प्रियंकाले दुई पटक आत्महत्या गर्न खोजेको र आफुले बचाएको दाबी गरेका थिए । प्रकाशलाई जवाफ दिंदै प्रियंकाले भनिन् ‘म कहिल्यै आत्महत्याको प्रयास गरेको छैन ।’

प्रकाशले दाबी गरे अनुसार आफ्नो प्रेमी असीम मर्चेन्टको आमाको निधनले प्रियंका निकै दुःखी थिईन् । सोही कारण उनले आत्महत्या गर्न खोजेको थिईन् । तर, प्रकाशले बचाएका थिए । प्रकाशको भनाई सार्वजनिक भए लगत्तै पि्रयंकाकी आमा मधु चोपडाले प्रकाशले झुटो बोलेको टिप्पणी गरेकी थिईन् ।

प्रत्युषा बनर्जीको आत्महत्याको सन्दर्भमा पि्रयंका भन्छिन् ‘२४ वर्षकी युवति कुन समस्यावाट गुज्रीएकी थिईन् भारतीय समाजले चासो राख्दैन । तर, उसको वारेमा जे पनि टिप्पणी गर्न तयार हुन्छ ।’ प्रत्युषको परिवारलाई सान्त्वना दिन भारतीय समाज चुकेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment