Comments Add Comment

नयाँ वर्षमा ग्रान्डी अस्पतालको स्वास्थ्य परीक्षण प्याकेज

grandie-hospital
२ वैशाख, काठमाडाैं । नयाँ वर्ष २०७३ को अवसर पारेर काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आकर्षक छुटसहित विभिन्न हेल्थ-प्याकेजहरू ल्याएको छ ।

प्याकेज अन्तर्गत बैशाख ८ गतेसम्म अस्पतालको वेलनेश सेन्टरमा कार्डियाक प्याकेज, अर्थोपेडिक प्याकेज, गाइनेकोलोजी प्याकेज, डर्माटोलोजी प्याकेज र डायबेटिज प्याकेज मध्ये एउटा हेल्थ प्याकेजमा २०७३रूपैयाँ तिरेर स्वास्थ्य परिक्षण गराउन सकिनेछ ।

कार्डियाक प्याकेजमा इसिजी, एको, सिबिसी, ब्लड सुगर फास्टिङ, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल, युरिक एसिड र कार्डियाक कन्शल्टेसन समाबेश गरिएको छ ।

अर्थोपेडिक प्याकेजमा अर्थोपेडिक कन्शल्टेसन, बि एम डि – बोन मिनरल डेन्सिटी (हाडको बलियोपन जाँच गर्ने) र सि बि सी (कम्प्लीट ब्लड काउन्ट) रगत सम्वन्धि जाँच गरिनेछ।

गाइनेकोलोजी प्याकेज अन्तरगत  गाइनोकोलोजी कन्शल्टेसन, म्यामोग्राफी र प्याप स्मियर टेस्ट समाबेश गरिएको छ । डर्माटोलोजी प्याकेजमा डर्माटोलोजी कन्शल्टेसन र लेजर सफ्ट पिल छन्।

डायबेटिज प्याकेजमा इन्डोक्राइनोलोजि कन्शल्टेसन, डायटिशियन कन्शल्टेशन,  ब्लड सुगर फास्टिङ, ब्लड सुगर पिपि, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल र युरिक एसिड परेका छन् ।

उच्चरक्तचाप, मुटुरोग, हाडजोर्नी सम्बन्धि समस्याहरु, मधुमेह, स्त्री तथा प्रसुति रोग लगायतका समस्याहरु बढ्दै गएको अवस्थामा सर्वसाधारणलाई स्वास्थ्यप्रति जागरुक बनाउन र रोगहरुको समयमै निदान गरी भविष्यमा आउनसक्ने जटिल अवस्था रोकथाम गर्न प्याकेज ल्याइएको अस्पतालले जनाएको छ ।

जनस्वास्थ्य प्रतिको राष्ट्रिय उत्तरदायित्व बोधगरी ग्रान्डी अस्पतालले अघि सारेका यि स्वास्थ्य परीक्षण प्याकेजहरु सर्बसाधारणको पहुँचका लागि न्यून शुल्कमा ल्याइएको अस्पतालको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment