Comments Add Comment

मधेस आन्दोलनमा अत्याधिक बल प्रयोग भोः अमेरिका

२ वैशाख, काठमाडौं । अमेरिकाले नेपालको मानवअधिकारको अवस्थाबारे रिपोर्ट सार्वजनिक गर्दै मधेस आन्दोलनका क्रममा सुरक्षा अत्याधिक बल प्रयोग भएको बताएको छ ।

us-department-of-stateअसोज ३ गते जारी भएको नयाँ संविधान लैंगिक विभेद जारी राखेको प्रतिवेदनमा उल्लेख छ ।

मानवअधिकार रक्षामा नयाँ संविधानलाई लिएर तराई मधेसमा भएको आन्दोलनका क्रममा धेरै समस्या देखिएको र आन्दोलनमा सुरक्षा बलबाट त्याधिक बल प्रयोग भएको उसले बताएको छ ।

संक्रमणकालीन न्याय सम्वन्धी उचित व्यवस्था नभएको र १० वर्षे सशस्त्र द्वन्द्वका घटनाहरुमा अझैसम्म कसैलाई जवाफदेही नगराइएको समेत अमेरिकाले बताएको छ । उसले नेपालका अदालतमा राजनीतिक दबाव, भ्रष्टाचार र धम्की रहेको र सञ्चार माध्यमहरुमा सेल्फ सेन्सरसिप रहेको जनाएको छ ।

महिलामाथिको विभेद कायमै रहेको र नयाँ संविधानले समेत लैंगिक विभेद अन्त्य नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा तिब्बती शरणार्थीहरुको चर्चा गरिएको छ । सरकारले नियन्त्रित स्वतन्त्रता मात्र दिएको उसको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment