Comments Add Comment

कानुन बनाउन छाडेर सांसदहरु विदेशतिर

३ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदले आफ्नै कार्यसञ्चालन नियमावली बनाउन नसकिरहेका बेला सांसदहरु भने एकपछि अर्को विदेश सयरमा निस्कन थालेका छन् ।

Samsad-Sankalpa 650नियमावली निर्माणका लागि तदारुकता देखाउनुपर्ने नियमावली समितका सदस्यदेखि सभामुखसम्म विदेश सयरमा रम्न थालेका हुन् ।

जसले गर्दा नियमावली निर्माण प्रक्रिया अझै लम्बिने देखिएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

४ वैशाखमा सभामुख ओनसरी घर्तीसहित चार राजनीतिक दलका प्रमुख सचेतकहरु लन्डन जान लागेका छन् । सो टोली ११ वैशाखमा मात्र स्वदेश र्फकने कार्यक्रम रहेको छ ।

त्यस्तै संसदको कार्यसञ्चालन नियमावली निर्माणमा व्यस्त हुनुपर्ने सांसदहरु नियमावली निर्माणलाई अलपत्र छाडेर जापान सयरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment