+
+
Shares

प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिइसकेको जानकारी दिएका छन् ।
  • नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जैसवालले भ्रमणको मिति र समयबारे भने हालसम्म केही खुलाएका छैनन्।
  • प्रवक्ता जैसवालले भ्रमणको विषयमा आफ्नो जानकारी नभए पनि निमन्त्रणा दिइसकेको स्पष्ट पारेका छन्।

१२ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् ।

उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै यसबारे प्रश्न गरेका थिए ।

उक्तप्रश्नको जवाफमा प्रवक्ता जैसवालले भने,’पहिलो प्रश्नकोबारेमा म जानकार छैन । नेपालका प्रधानमन्त्रीको भ्रमणकोबारे निमन्त्रणा गइसकेको छ ।’

प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले केही साता अघि भारत भ्रमण गरी भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको खबर थियो । यो प्रसंगतर्फ इंगित गर्दै पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता जैसवालले त्यसबारे आफूलाई जानकारी नरहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?