Comments Add Comment

कैलालीमा सवारी दुर्घटना, एकको मृत्यु १० घाइते

३ वैशाख, काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडीमा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने, अन्य १० जना घाईते भएका छन् ।

accidentबिहीबार राति घोडाघोडी नगरपालीका १० डोकेबजारमा भएको जिप दुर्घटनामा परी घोडाघोडी नगपालीका १ सुखडका प्रकाश बडवालको मृत्यु भएको हो ।

सुखडबाट चौमाला तर्फ आउदै गरेको से १ ज ४३० नम्बरको जिप राति साढे ८ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यलय सुखडले जाएको छ ।

घाईतेमध्ये ७ जनाको घोडाघोडी अस्पतारमा उपचार भैरहेको छ भने गम्भिर ३ जनालाई कोहेलपुर अस्पताल रीफर गरिएको प्रहरीले जनाएको छ । अनियन्त्रित भएर जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment