Comments Add Comment

रुसलाई महँगो पर्दैछ लेनिनको शव, यसरी हुँदैछ वादप्रतिवाद

lenen

चर्चित कम्युनिष्ट नेता भ्लादमिर लेनिनको शव संरक्षण गर्नका लागि रुसले यो वर्ष दुइ लाख अमेरिकी डलर खर्च गर्दैछ ।

रुसको स्टेट प्रोक्योरमेन्ट एजेन्सीको वेबसाइटमा बताइएअनुसार यति खर्च गरेसँगै लेनिनको शवलाई जिवित जस्तै अवस्थामा राख्न मद्धत मिल्नेछ ।

बायोमेडिकल पद्धतिद्धारा लेनिनको लासको संरक्षणका लागि सरकारले कुनै एजेन्सीको खोजी खोजी पनि गरिरहेको छ । रुसी बायोमेडिकल टेक्नोलोजी रिसर्च एण्ड ट्रेनिंग सेन्टरले सन् १९२४ देखि नै लेनिनको शवको हेरचाह गरिरहेको छ ।

जनताको दर्शनका लागि लेनिनको शवलाई पहिलोपटक मस्कोको रेड स्क्वाएरमा राखिएदेखि नै सेन्टरले लेनिनको शवको संरक्षण गर्दै आएको छ ।

तर सोभियत संघ विघठन भएसँगै लेनिनको शवको अन्त्येष्टि गरिनुपर्ने माग उठ्न थाल्यो र अहिलेपनि यस्तो माग भैरहेको छ ।

हालैको एक अनलाइन मन सर्भेक्षण अनुसार ६२ प्रतिशत मानिसले लेनिनको शवलाई सम्मानसाथ अन्त्येष्टि गरिनुपर्ने बताएका छन् । तर रुसी सरकारले भने लेनिनको शवको अन्त्येष्टि गर्ने कुरालाई पहिले देखि नै अस्विकार गर्दै आएको छ ।

लेनिनको शवको संरक्षणमा भइरहेको खर्चलाई लिएर सोसल मिडियामा मानिसहरुले निकै चर्चा तथा आलोचना गर्ने गरेका छन् । एक लासको संरक्षण, मर्मत तथा हेरचाहमा यति धेरै खर्च गर्नु अति नै भएको कतिपयको राय छ ।

कतिपयले भने यसरी लेनिनको शवलाई संरक्षण गरेर राखिरहनु स्वयं लेनिनको नीतिको विरुद्धमा रहेको बताउने गरेका छन् । लेनिन आफैले कसैको मूर्ति वा शालिक बनाएर राख्ने कुराको विरोध गर्थे ।

एक सोसल साइट प्रयोगकर्ताले खिसीट्युरी गर्दै भनेका छन् : कम्युनिष्टहरुलाई यो विश्वास छ की एकदिन बोल्सेभिक नेता आफ्नो क्लोन तयार गरी सत्तामा फिर्ता आउन सक्दछन् ।

तर लेनिनको शवको अन्त्येष्टि गर्न नहुने मत राख्नेहरु पनि छन् । एकजना सोसल साइट प्रयोगकर्ता लेनिनको शवको अन्त्येष्टि गर्ने कुराको विरोध जनाउँदै भन्छन् : यदि लेनिनको अन्त्येष्टि गर्ने कुरा हुन्छ भने त्यसभन्दा पहिले बोरिस येतल्सिनको चिहान खन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment