Comments Add Comment

सरकारको बिकल्प खोज्ने बेला भएको छैनः भट्टराई

Baburam-bhattrai३ वैशाख, विराटनगर । भ्रष्टाचार नियन्त्रण तथा कालोबजारी रोक्न नसकेको भन्दै सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारको विकल्प खोज्ने बेला नभएको बताएका छन् । उनले सरकारलाई काम गर्न दबाब  दिनुपर्ने बताए ।

सप्तरीको भारदहमा मधेस जागरण अभियान कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक भट्टराईले सरकारका काम कारबाही सुस्त भएका कारण दबाब दिन आवश्यक रहेको बताए ।

सरकार परिवर्तन गर्दा फेरी राजनीतिक अस्थिरता हुने भन्दै भट्टराईले सत्तापरिवर्तनको खेलमा नलाग्न दलका नेताहरुलाई आग्रह गरे ।

मधेसमा देखिएका समस्या समाधान गर्नका लागि मोर्चा र सरकार वार्तामा बस्नुको विकल्प नभएको उनको भनाइ थियो । मधेसको मुद्धा राजनीतिक विषय भएकाले वार्ता तथा छलफलबाट मात्र समस्या समाधान हुने हुँदा गम्भिर हुन उनले सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment