+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
६० बलमा ५८ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
63/0 (9.6)
Shares

नयाँ शक्तिदेखि सीके राउतसम्म सुरक्षा निगरानीमा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ४ गते ६:५६

Baburam-bhattrai

४ वैशाख, काठमाडौं । उपत्यका विशेष सुरक्षा बैठकमा मधेसी मोर्चाले गर्न लागेको आन्दोलन, नयाँ शक्ति र सीके राउतको गतिविधिमा विशेष निगरानी राख्ने विषयमा छलफल भएको छ ।

बैठकमा सहभागी गृहमन्त्री शक्तिबहादुर बसनेतले अहिलेका प्रमुख चुनौती संविधान जसरी पनि कार्यान्वयन गर्नुपर्ने रहेको बताएका आजको अन्नपूर्णले जनाएको छ ।

बैठकमा सुरक्षा अधिकारीहरले पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि संविधान कार्यान्वय गर्न नदिने शक्तिसँग लागेकोले उक्त पार्टीको गतिविधिमा निगरानी राखिनुपर्ने बताएका थिए ।

मन्त्री बस्नेतले संविधान कार्यान्वयनमा बाधा पुर्‍याउने जुनसुकै शक्ति र पार्टीलाई रोक्ने रणनिति अवलम्बन गरेर कार्यान्वयन बनाई लागू गर्न निर्देशन दिएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?