Comments Add Comment

काँग्रेसको नेतृत्वमा सरकार बन्ने कुनै आधार छैनः प्रचण्ड

prachanda४ बैशाख, जुम्ला ।  एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल काग्रेस नेतृत्वमा सरकार वन्ने कुनै आधार नभएको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपाल जुम्ला शाखाले सदरमुकाम खलङ्गामा शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,’ काग्रेसले गिराउँदैमा सरकार गिर्दैन । यो सरकार संसदको बहुमत र जनताको म्याण्डेडबाट बनेकोले कसैले गिराउँदैमा गिर्ने, कसैले ढाल्दैमा ढल्ने खाले होईन । सरकारले जनताको चाहना अनुसार काम गरेरै छाड्छ । अव काग्रेसलाई सरकारमा सहभागि गराई राष्ट्रिय स्वरुप दिने विषयमा छलफल अघि वढ्छ । त्यसकोलागि मैले पहल गर्छु ।’ प्रचण्डले थपे,’ अहिले काँग्रेससँग यो सरकारमा सहभागि हुनुको विकल्प छैन । काँग्रेसले पनि यही सरकारमा आएर संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ ।’

 प्रचण्डले  काँग्रेस सहित मधेशवादी दल एकै थलोमा आएर सहमतिमा संविधान कार्यन्वयनका लागि ऐन वनाउनतर्फ आफूलाई केन्द्रीत गर्नु पर्ने धारणा राखे । उनले भने,’ मधेश आन्दोलनले उठाएका केही मागहरु संवोधन भएको छ । बाँकी असन्तुष्टीहरुको विषयमा संबादमा बसेर समाधान गर्न सकिन्छ । त्यसकोलागि हामी खुल्ला छौ ।’

प्रचण्डले भुकम्प पछिको परिस्थिती र नाकावन्दीका कारण श्रृजित समस्या समाधानकोलागि विशेष योजना निर्माण गरिने समेत साक्षात्कारमा जानकारी दिए ।

उनले माओवादी फुट्दा देशको हित नभएकोले अब सबै माओवादीहरु एक ठाँउमा आएर देशलाई दिन लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै माओवादी कमजोर भए आदीबासी, जनजाती, कर्णाली जस्तो पिछडिएको क्षेत्र कमजोर हुने भएकोले त्यसका लागि वलियो माओवादीको खाँचो औल्याए ।

प्रचण्डले आगामी वजेट तथा कार्यक्रममा कर्णालीलाई संवोधन कसरी गर्न सकिन्छ भन्ने वारेमा वुझ्न आफू कर्णाली भ्रमणमा आएको जानकारी दिदै कर्णालीको समग्र विकासको लागि विशेष ध्यान दिने बताए ।

उनले तत्काल कर्णालीका खडेरी पिडित किसानको राहतको लागि पहल गर्ने भन्दै यहाँका शिक्षा, स्वास्थ्य र विकासमा वढि जोड दिएर आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।

संविधान निर्माण पछि वनेको सरकारले जनताका आवश्यकता वमोजिमका नीति तथा कार्यक्रम वनाउनु पर्नेमा जोड दिदै कणर्ालीवासी सँग सुझाव माग्दै आफु कर्णाली भ्रमणमा निस्केको वताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment