Comments Add Comment

केकीलाई नाति-नातिनीले हेर्ने फिल्म गर्न मन छ

keki adhikari
नायिका केकी अधिकारीले करिअरको छोटो समयमा थुप्रै चलचित्रमा काम गरिसकेकी छिन् । तर, केकीले अभिनय गरेका चलचित्रले व्यवसायिक सफलता पाउन सकेका छैनन् । सायद, यसैले पनि होला केकीले जुन खालको उचाई लिनुपर्ने हो त्यो पाउन सकेकी छैनन् ।

उनले अभिनय गरेका चलचित्रमध्ये केहीमा उनको कामको चर्चा पनि नभएको होइन । तर, व्यवसायिक रुपमा सफल हुन नसकेपछि सधै निर्माताले पत्याउछन् भन्ने पनि छैन ।

नायिका केकी अधिकारीलाई करिअरमा अब यस्ता चलचित्र गर्न मन छ, जुन चलचित्र हेर्दा उनका भावी सन्तती पनि खुशी हुन् । केकीले आफ्नो सपना सुनाउँदै भनिन्-‘सबैभन्दा पहिला त मलाई पीएचडी गर्ने सपना छ । यसपछि, राम्रो-राम्रो चलचित्र गर्न मन लागेको छ ।’

केकीलाई आफ्ना नाती-नातिनीलाई देखाउने चलचित्र गरेर उनीहरुलाई देखाउन मन लागेको छ । आजसम्म उनले यस्ता कती चलचित्र गरिन् त, भनिन्-‘मैले ‘मसान, महशुश, भाग् सानी भाग्’ जस्ता चलचित्र गरेको छु, जसलाई मेरा सन्ततीले हेर्न सक्छन् ।’

नेपालमा यस्ता कमै मात्र चलचित्र बन्छन्, जसले सबैको मुखबाट तारिफ कमाएका हुन् । तर, धेरै कलाकार गर्व गर्न लायक चलचित्र गर्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment