Comments Add Comment

युएई प्रकरणबारे निरु पालः गल्ती गरेको भए आफ्नै छोरालाई पनि कारवाही गर्छु

६ वैशाख, काठमाडौं । प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार एवं एमाले नेतृ निरु पालले हालै युएईमा भएको मानव तस्करीको घटनाबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

nirupalसो प्रकरणका युवा संघ वा एमालेको नाम मुछेर कसैले गल्ती गरेको भए उनीहरुमाथि कारवाही गरिने पालले अनलाइनखबरलाई बताइन् ।

‘म तीन वर्षअघि युवा संघको उपाध्यक्ष भएका बेला युएईमा आयोजित कार्यक्रममा निम्तो मान्न गएकी हुँ । मधेश गिरीसँग सोही कार्यक्रममा भेट भएको हो,’ पालले अनलाइनखबरसँग भनिन्- ‘हाम्रो वा प्रधानमन्त्री कार्यालयको आड लिएर कसैले गल्ती गरेको रहेछ भने तिनीहरुमाथि कडा कारवाही हुन्छ ।’

आफ्नो लामो राजनीतिक यात्रामा आर्थिक र नैतिक विषयमा कसैले पनि प्रश्न नउठाएको बताउँदै पालले अनलाइनखबरसँग भनिन्-‘ मेरो स्वाभाव कस्तो छ भने गल्ती गर्ने व्यक्ति आफ्नै छोरो भए पनि त्यसलाई मबाट संरक्षण हुँदैन ।’

युएई प्रकरणमा पनि कसैले पार्टीको नाम लिएर गल्ती गरेको पुष्टि भए तिनिरुहरुलाई कारवाही हुने उनले बताइन् ।

तर, युएईमा  आयोजित कार्यक्रममा सहभागी भएकै आधारमा आफूलाई पनि समाचारमा नाम मुछिँदा दुःख लागेको उनले बताइन् । उनीहरुले गल्ती गरेको रहेछ भने आफूबाट ढाकछोप गर्ने काम नहुने उनले बताइन् ।

 

यो पनि पढ्नुहोस्

एमाले युवा संघका नाममा युएईमा मानव तस्करी

यी महोदय युवा संघका नेता हुन् कि होइनन् ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment