+
+
Shares

प्राप्तिले लजाउँदै भनिन्- पारस आउट हुँदा पनि हार्ने डर थिएन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ६ गते १८:१०

Miss Paras-1६ वैशाख, काठमाडौं । ढाडमा ‘पारस’ लेखेको जर्सी लगाएर त्रिवि मैदानमा क्रिकेट हेर्न पुगेकी एक युवती लगातार हुटिङ गर्दै थिइन् । पारसले शतक बनाउँदा उनी निकैबेरसम्म खुशीमा झुमिन् । नझुमुन् पनि किन ? उनी पारसकी पत्नी जो थिइन् ।

‘कस्तो लाग्यो त पारसको ब्याटिङ ?’ अनलाइनखबरले प्रश्न गर्दा उनले लजाएर मुख छोपिन् ।

फेरि सोधियो, ‘पारसले यति राम्रो खेलेको पहिले देख्नुभएको थियो ?’

‘अहँ । मैदानमा आफ्नै आँखाले देखेको थिइनँ,’ प्राप्तिले जवाफ दिइन् ।

पारस १०३ रन बनाएर आउट हुँदाचाहिँ कस्तो लाग्यो ? अर्को प्रश्न सोधियो । उनले झटपट जवाफ दिइन्, ‘दुख त लागेको थियो, तर डर लागेको थिएन । शरद थियो नि ।’

प्राप्तिले जीवनमै क्रिकेट हेरेर आजको जति मज्जा कहिल्यै नलिएको बताइन् । उनले भनिन्, ‘म मात्र किन ? सारा नेपालीहरु नै खुशी हुनुहुन्छ नि ।’

यो जीतलाई कसरी सेलिब्रेट गर्ने योजना छ त ? यो प्रश्नमा प्राप्तिले फेरि मुख छोपिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?