+
+
Shares

तीन दिन भूकम्पको सम्झना

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ७ गते ६:१४

Basantapur-2७ वैशाख, काठमाडौं । सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झना गर्दै वैशाख १२, १३ र १४ गते विभिन्न कार्यक्रम गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको आजको अन्नपूर्णमा समाचार छ ।

समितिको निर्णय अनुसार वैशाख १२ गते काठमाडौंको सुन्धारामा भेला भएर मृतकको सम्झना गरिने, सोही साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने कार्यक्रम तय भएको छ ।

यसैगरी भूकम्प प्रभावित जिल्लामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । पुनर्निर्माणका लागि मन्त्रालयगत रुपमा हुने काम पनि सम्बन्धित मन्त्रालयहरुले यही तीन दिनमा सुरु गर्ने निर्णय भएको प्राधिकरणका एक अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?