Comments Add Comment

विश्व समुदायबाट हामीले सिक्नुपर्छ – शेष घले

sesh ghale belgiyam

बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. शेष घलेले तेज गतिमा बिकासले फड्को मारेको बिश्वको समुदायबाट नेपालीहरुले सिक्नु पर्ने बताएका छन्।

संसारभर बिभिन्न मुलूकहरुमा पुगेका नेपालीहरुले त्यहाँको समाजबाट पनि धेरै कुराहरु सिकेर,ब्यबारिक जीवनमा उतार्न सकिने भन्दै अध्यक्ष घलेले यसमा जोड दिएका हुन् ।

हामीसँग आफ्नै पहिचान छ,जब अरु सँगबाट पनि केहि सिक्छौ भने,आँफुलाई जिउँन झनै सजिलो हुन्छ अध्यक्ष घलेले भने,” अन्य समाजसँग पनि घुलमिल हुन सके, बिबिधता बिच पनि एकता कायम हुन सक्छ,यसले व्यक्ति, परिबार,समाज, राष्ट्र र बिश्वलाई नै झनै बलियो बनाएको हुन्छ,किनकी त्यहाँ सामजिक सुमधुरता र एकता हुन्छ।”

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले आईतबार लुभेनमा आयोजना गरेको नेपाली मेलालाई सम्बोधन गर्दै घलेले नेपाली कला संस्कृति,सम्पदा तथा,पहिचानको लागि मेला आँफैमा साँचो बिचार भएको बताएका छन्।

डायस्पोरामा गरिने कार्यक्रमहरु मध्ये नेपाल झल्कने तथा पर्यटन प्रबद्दनका लागि गरिने यस्ता मेला, महोत्सवहरु नै प्रभावकारी एबम् प्रमुख कार्यक्रम हुने बताउँदै घलेले एनआरएनए बेल्जियम तथा सहकार्य गर्ने संघ संस्थाहरु प्रति आभार प्रकट गरेका छन् ।

आँफूलाई पनि नेपाली मेलामा निमन्त्रणा गरेकोमा आयोजक प्रति धन्यबाद ब्यक्त गर्दै अझै यस्ता कार्यक्रमहरुले बर्षौ बर्ष सम्म निरन्तरता पाओस् भन्दै अध्यक्ष घलेले शुभ-कामाना ब्यक्त गरे।

बिश्वभर रहेका गैर आबासीय नेपालीहरु मेहनती,परिश्रमी र शिक्षित समेत रहेको बताउँदै घलेले बिदेशी समाजमा घुलमिल हुन सजिलो हुने गरेको बताए ।

तेज गतिमा बिकासले फड्को मारिरहेको बिश्वको समुदायमा आँफू र आफ्ना सन्ततीको भविष्य बारे पनि सोच्न जरुरी रहेको बताउँदै घलेले भने,” हामी सबैका लागि यो चुनौती हो,तर सानो पाईला चाल्दै, एक अर्काबाट सिक्न जरुरी छ,एक अर्का बीच समृद्द,सुदृढ र सामन्जस्यपूर्ण समाज निर्माणमा लागि पर्न जरुरी छ।”

केहि दशक अघि बाट नेपालीहरु बिश्वका बिभिन्न देशहरुमा सुनौला अबसरहरु प्राप्त गरिरहेका बताउँदै घलेले बेल्जियममा रहेका गैर आबासीय नेपालीहरुले पनि धेरै अबसरहरु प्राप्त गरेको बताए ।

उनले भने,” यहाँको नेपाली समुदाय दिन प्रति दिन धेरै अगाडी बढिसकेको छ, धेरै सफलता पनि हासिल गरेको छ ,यसरी व्यक्तिगत रुपमा पाएको सफलता,लाभ र अनुभूति समाजमा कम अबसर भएकालाई बाँड्न सके सबैभन्दा ठुलो सफलता त्यही नै हुनेछ।” विदेशमा कार्यरत नेपालीहरुले कडा मिहिनेत,परिश्रम गरेर आँफु कार्यरत मुलुकका साथै मातृभूमिका लागि समेत योगदान गर्नु पर्नेमा घलेले जोड दिए।

यसैबीच घलेले सम्बोधनको सुरुवातमा नै बेल्जियमको ब्रसेल्सस्थित बिमानस्थल र मेट्रो स्टेसनमा भएका बिष्फोट र सर्वसाधरणको मृत्युप्रति गहिरो दुःख प्रकट गरेका थिए। तर घटनालाई बिर्सेर अघि बढ्नु पर्ने बताउँदै घलेले भनेका थिए,” आजको दिन, एक फरक दिन हो, नेपाली भाषा कला संकृति,संगीत र परम्परालाई समेटेर यति ठुलो समुदायले एकैसाथ जुटेर काम गर्नु भएको छ, यहाँ नै नेपाल आमा प्रतिको माया र प्रेम गाँसीएको छ।”

कार्यक्रममा बेल्जियमका पूर्वगृहमन्त्री एंव लुभेन नगरपालिकाका मेयर लुइस तवाक लगायत अन्य बिभिन्न राजनीतिक दलका नेता एवं सांसदहरु,बेल्जियमका लागी नेपाली राजदूत राममणि पोखरेल,गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त,लगायतको उपस्थिति रहेको थियो।

नौमती बाजा सहित ,बिभिन्न झाकीहरुको प्रदशनीले बेल्जियम नेपालमय बनेको थियो। मनै लोभ्याउँने गरी नेपालीपन झल्कने,ढाका टोपी,गुन्युचोली,बिभिन्न जातजातिका भेषभूसामा सजिएर नेपालीहरु मेलामा सहभागी बनेका थिए ।

एक दिने महोत्सवमा नेपाली कला संस्कृति, नेपाल पर्यटन सम्वन्धि जानकारी, नेपाली हस्तकला प्रदर्शनी, नेपाली उत्पादन, नेपाली खाना बिक्री वितरण साथै नेपाल र नेपालीलाई यूरोप तथा विश्व सामू चिनाउने गरी बिभिन्न स्टलहरु राखिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment