नेपाली सांगीतिक क्षेत्रमा प्रतिभा भएका कलाकारको प्रवेशको क्रम बढ्दो छ । गायिका प्राशना पाण्डे पनि यही सूचिमा पर्छिन्,जो नयाँ भएर पनि उनको काम नयाँ लाग्दैन ।
केही समय अघि मात्र ‘तिमी र म’ नामक एल्बम सार्बजानिक गरेकी गायिका पाण्डे को स्वर सुमधुर छ । संगीतकार एवम् आˆनै गुरूसमेत रहेका राम सिटौलाको एकल संगीत रहेको एल्बममा पाँच गीत संग्रहित छन् । एउटा गीतमा भने उनलाई अहिलेका चर्चित गायक प्रमोद खरेलले पनि साथ दिएका छन ।
एल्बम मा रहेको ‘गाजलु आँखा’ बोलको गीतको म्युजिक भिडियोमा आफ्नो पनि उपस्थिति देखाएकी गायीका पाण्डेको सो म्युजिक भिडियोले अहिले चर्चा पाईरहेकेा छ ।
विशाल भण्डारीले निर्देशन गरेकेा भिडियो रोमान्टिक डान्सिङ बिटमा तयार भएको छ । बिबेक सिहं ठकुरी र अनु शाहको अभिनय रहेको भिडियोको छायांकन हरि हुमागाई र सम्पादन निसान घिमिरले गरेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4