Comments Add Comment

१३ बर्षीया बालिका बलात्कारमा संलग्न तीन युवक पक्राउ

७ वैशाख, नवलपरासी । नवलपरासीको कावासोतीका १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार भएको घटनाका तीनै अभियुक्त पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मुख्य योजनाकार कृष्ण महतोसहित विनोद गुरुङ र केशव थापा छन् ।

Rape-Sketchइलाका प्रहरी कार्यालय नवलपुरबाट गएको प्रहरीको टोलीले विशेष अपरेशनको क्रममा कावासोती १३ लौखानीका कृष्ण महतोलाई मोर·को विराटनगरबाट शुक्रबार दिउँसो पक्राउ गरेको थियो । केशव थापालाई मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेपछि तीनै जना पक्राउ परेका हुन् ।

उनलाई काठमाडौंको कलंकीबाट प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए । थापालाई मंगलबार नै कावासोती ल्याइएको छ ।

गत चैत १८ गते साँझ १३ बर्षीया बालिकालाई ३ जनाको समूहले सामुहिक रुपमा बलात्कार गरेको थियो । बालिकाका आफन्तले किटानी जाहेरी दिएका दुई साता वित्दा समेत अभियुक्तहरु पक्राउ नपरेको भन्दै महिला अधिकारकर्मी, आफन्त, स्थानीयबासी, बालअधिकारकर्मी लगायतलेे आन्दोलन समेत गरेका थिए ।

ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक ओमप्रसाद चौधरीका अनुसार २७ वर्षका विनोद गुरुङलाई कावासोतीको थकाली चोकबाट पक्राउ गरिएको हो । उनी घर आएको र लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा प्रहरीले थकालीचोकमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment