Comments Add Comment

प्रवासी नेपाली मञ्च जापानले मजदूर दिवस मनाउने

जापान । सत्तारुढ दल नेकपा एमालेको जापानमा क्रियाशील भातृ संगठन प्रवासी नेपाली मञ्जले आसन्न विश्व मजदूर दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

Labour-Dayप्रवासी नेपाली मञ्च जापानका सचिव राजेन्द्र श्रेष्ठले जारी गरेको बिज्ञप्ति अनुसार आगामी मे १ अर्थात विश्व मजदूर दिवसका दिन जापानमा बिभिन्न कार्यक्रम गरिने छ ।

विगतका बर्षहरु जस्तै यो बर्ष पनि विश्व मजदूर आन्दोलन र विजयको उत्सवको रुपमा मनाउन लागिएको बिज्ञप्तिमा उल्लेख छ । यस बर्ष मे दिवसको साथमा नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे पनि अन्तर्क्रिया गरने प्रवासी नेपाली मञ्च जापानले जानकारी दिएको छ ।

जापानको टोकियोस्थित इकेगामी हलमा हुने कार्यक्रममा एमालेका सचिव तथा संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, बैकल्पिक केन्द्रीय सदस्य राजन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment