९ वैशाख, काठमाडौं । चार माओवादी र नयाँ शक्ति नेपालले द्वन्द्वकालीन मुद्दाहरु एक ठाउँमा आएका छन् । तर, विप्लवले भने साथ दिएनन् ।
प्रचण्ड, वैद्य, मात्रिका यादव, मणि थापा नेतृत्वको माओवादी र नयाँ शक्ति नेपालले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै न्यायालयले शान्ति सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।
शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दाहरु फिर्ता नभएको र न्यायालयले उल्टाउन थालेको भन्दै विज्ञप्तिमा भनिएको छ, राज्यको तर्फबाट गरिएको शान्ति सम्झौतालाई राज्यकै अर्को अंगले उल्लंघन गर्दै जाने र त्यसप्रति राज्य मुखदर्शक भएर रहनु विडम्वना हो ।’
चार माओवादी र नयाँ शक्तिले शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दाहरु खारेज गर्न र बाँकीलाई रन्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हेर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
तर, द्वन्द्वकालीन मुद्दाको एजेण्डामा अन्तिममा विप्लव माओवादीले साथ दिएन । सुरुका बैठकहरुमा विप्लव माओवादीका नेताहरु उपस्थित भएका थिए ।
तर, प्रचण्ड माओवादीको एजेण्डा जनयुद्धकालीन मुद्दाहरु मात्र भएकाले आफूहरुले साथ नलिएको विप्लव माओवादीका एक नेताले बताए ।
प्रतिक्रिया 4