Comments Add Comment

अष्ट्रेलिया आउने भए भूबन र अनमोल

Bhuwan-and-Anmol-kc-1

सदाबहार नायक भूबन केसी र उनका छोरा अनमोल केसी अष्ट्रेलिया आउने भएका छन । बाबू छोराको यो अष्ट्रेलिया आगमन घुम्नको लागि नभएर चलचित्र प्रर्दशनको लागि हो । नेपालमा हिट साबित भएको चलचित्र ड्रीम्स लिएर यी बाबू छोरा आगामी साता अष्ट्रेलिया आउन लागेका हुन । सिड्नीमा नेपाली चलचित्रको बजार तातेको बेला भर्खरै नेपाली बजारमा तहल्का पीटेको भुवन केसीको निर्देशनमा बनेको चलचित्र ड्रीम्स अर्को हप्ता सीड्नीमा लाग्ने भएकाे हाे ।

भुवन केसीको निमार्ण तथा निर्देशन र उनको छोरा अनमोल केसीको प्रमुख भुमिका रहेको यस चलचित्रलाई सील्भर स्क्रीन प्रोडक्सन र थ्री डी इभेन्ट्सले संयुक्त रुपमा अस्ट्रेलिया ल्याउन लागेको हो ।

ड्रीम्सलाइ सिड्नीमा २९ अप्रील ,३० र मे १ मा प्रर्दशन गर्ने तयारी भइरहेको आयोजक मध्येका एक राजमान थकालीले बताए । भूबनको अष्ट्रेलिया आगमन पहिलोपटक नभए पनि अनमोलको भने पहिलो पटक हो ।  बिशेषा गरेर यूबा पुस्ताका दर्शकहरू माझ अनमोलको ज्यादै चर्चा छ । नेपाल पछी कोरियामा रहेका प्रबासी नेपालीहरू माझ प्रर्दशन भैसकेको यो चलचित्र बेलायतमा प्रर्दशन हुने निश्चित भैसकेको छ ।

dreams in austrelai

यो चलचित्र ल्याउनु पर्ने प्रमुख कारणबारे राजमान थकालीले भने -‘ हामी आफ्नो ईच्छाले होईन दर्शकहरूको माग अनुसार फिल्म किन्छौ र यो पनि अष्ट्रेलियाका दर्शकहरूको माँग अनुसार किनिएको हो । हामीलाई बिस्वास छ यो चलचित्रले सफलता हात पार्ने छ -‘ ।

नेपालबाट अभिनेता भूबन केसीले आफू छोराका साथ अष्ट्रेलिया आउन आतुर भएको कुरा बताएका छन भने अष्ट्रेलियाका नेपालीहरूले चलचित्र मन पराउनु हुने कुरा तर्फ उनि ढुक्क देखिएका छन । यो चलचित्र अष्ट्रेलियाको आठवटा शहरमा लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment