Comments Add Comment

बिहान कतिबजे उठ्छन् दुनियाका सबैभन्दा सफल ६ व्यवसायी ?

Too earlyयो कुरा साँचो हो की दुनियामा सबैभन्दा सफल मानिएका मानिसहरुको हरेक दिनको सुरुवात आमा मानिसको भन्दा छिटो हुन्छ ।

यसको अर्थ उनीहरु बिहान सबेरै उठ्छन् । एप्पल सिइओ टिम कुक देखि फेसबुकका संस्थापक मार्क जुकरबर्ग अनि पेप्सीको का अध्यक्ष इनद्रा नुई लगायतका दुनियाका सफलतम व्यक्तित्वहरुको दिन तब सुरु भैसकेको हुन्छ जबसम्म बाँकी दुनियामा ओछ्यानमा सुतिरहेको हुन्छ ।

यो अतिरिक्त समयको प्रयोग सफल मानिसहरुले सृजनात्मक मनन तथा सरीरलाई तन्दुरुस्त राख्नका लागि व्यायाम गर्नुका साथै परिवारका साथ बिताउनमा खर्चिन्छन् । दुनियाका सबैभन्दा सफल व्यक्ति बिहान कतिबजे उठ्छन् त ? जानिराखौँ:

टिम कुक:  एप्पलका सिइओ टिम कुकले दिनको सुरुवात निकै सबेरैबाट गर्दछन् । गकर डट कमका अनुसार टिम कुक बिहानै साढे ४ बजे उठिसक्छन् । उनी बिहान ५ बजे जिमखाना जाने गरेका छन् ।

इनद्रा नुई: पेप्सीको कम्पनीकी सिइओको दिन पनि निकै सबेरै सुरु हुन्छ । फच्र्युन म्यागेजिनका अनुसार उनी बिहान ४ बजे नै उठि्छन् । निद्रा भगवानले दिएको एक उपहार भएपनि आफुलाई त्यो उपहार कहिल्यै प्राप्त नभएको उनले बताउने गरेकी छिन् । उनी हरेक दिन बिहान ७ बजे नै कार्यालय पुग्ने गरेकी छिन् ।

माकै जुकरबर्ग:  फेसबुकका संस्थापक तथा सिइओ जुकरबर्ग बिहान सबेरै उठ्दछन् । स्लिपी पिपुल डट कमका अनुसार उनले ६ बजेदेखि नै आफ्ना प्रोग्रामर्सहरुसँग च्याट गरेर कामको सुरुवात गर्दछन् ।

रिचर्ड ब्रेनसन:  भर्जिन ग्रुपका संस्थापक तथा अध्यक्ष रिचर्ड ब्रेनसनले बिजनेस इनसाइडरलाई दिएको अन्तरवार्तामा आफु बिहान पौने ६ बजे नै उठिसक्ने बताएका छन् ।

आफ्नो निजि टापुमा बसेको बेला पनि सोही बेला उठिसक्ने उनी बताउँछन् । बिहान छिटो उठ्न सकियोस् भनेर उनी कोठाको पर्दा खोलेरै सुत्ने गर्दछन्, ता की कोठाभित्र प्रकाश छिरोस् र निद्रा भंग होस् । उनी उठेपछि केही समय व्यायाम गर्दछन् र बिहानै ब्रेकफास्ट गरेर आफ्नो काम सुरु गर्दछन् ।

बब आइगर:  डिज्नी कम्पनीका सिइओ आइगर बिहान साढे ४ बजे नै उठ्ने गरेका न्युयोर्क टाइम्सले जनाएको छ । बिहानको समय निकै शान्त हुने भएकाले आफुले बिहान पत्रिका पढ्ने, व्यायाम गर्ने, गीत सुन्ने, इमेल हेर्ने तथा टिभी हेर्ने लगायतका काम गर्ने उनले बताएका छन् ।

उर्सुला बर्नस् : जेरक्स कम्पनीकी सिइओ उर्सुला पनि बिहान सबेरै उठि्छन् । याहु फाइनान्सका अनुसार उर्सुला बिहान सबा ५ बजे उठिसक्छिन् । बिहान केही समय उनी आफ्नो इमेल चेक गर्छिन् । साताको दुइ दिन चाहीँ उनी बिहान एक घण्टा भने उनी निजि व्यायाम गुरुसँग व्यायाम सिक्दछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment