Comments Add Comment

एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकताः प्रचण्ड

prachanda

१० वैशाख, घोराही । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् ।

नेपाल वुद्धिजिवी संगठन दाङको सम्मेलन उदघाटन गर्दै प्रचण्डले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समानुपातिक समावेसी लागु गर्नका लागि वृहत्तर राष्ट्रिय एकता आवश्यक भएको बताए ।

‘जनयुद्ध र शान्तिप्रकृयाको नेतृत्व गरिसकेको हैसियत र अहिलेको आवश्यकताको आधारामा राष्ट्रिय एकताको नेतृत्व माओवादीले नै गर्छ,’ उनले भने, ‘पूँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति पूरा गर्न सबै केन्द्रित हुनुपर्छ ।’

राजनीतिक रुपमा उपलब्धिहरु हासिल भए पनि जनताका आवश्यकताहरु अझै पूरा हुन नसकेकाले क्रान्तिकारी शक्तिहरु गोलवन्द हुनुपर्ने आवश्यकता औंल्याए ।

क्रान्तिको नेतृत्व गरेको माओवादी शक्ति विभाजित हुँदा सबैको चित्त दुखेको प्रंसग कोट्याउँदै प्रचण्डले सबै माओवादी शक्तिहरु एक ठाउँमा आउन जरुरी भएको धारणा राखे । केही नेताहरु पार्टीबाट बाहिरिदा पार्टी कमजोर भएको जस्तो देखिए पनि एमाओवादी एकनम्बरको पार्टी रहेको उनले दाबी गरे ।

‘विरामी हुँदा उपचार गर्ने डाक्टर-वैद्य अहिले हाम्रो पार्टी भित्र हुनुहुन्न, यसले मनोवैज्ञानिक रुपमा पार्टी कमजोर भएको प्रचार भएको छ,’ प्रचण्डले भने, ‘संगठनका हिसावले माओवादी कमजोर भए पनि नेतृत्व र ऐजेण्डाको आधारमा माओवादी एक नम्बरको पार्टी हो ।’

दुई वर्ष भित्र संगठनको हिसाबले पनि पार्टीलाई एक नम्बरको बनाउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ थियो । वुद्धिजिवीहरुलाई अहिले प्राप्त भएका उपलब्धिहरुका विषयमा जनतालाई बुझाउन उनले आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment