Comments Add Comment

पुनर्निर्माणका लागि दाताहरुको १ खर्ब २९ अर्ब भित्रियो

Barpak-earthquake-center-of-nepal-29११ बैशाख, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि दातृ निकायहरुले घोषणा गरेकोमध्ये १ खर्ब २९ अर्ब ४० करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

०७२ असार १० गते भएको सम्मेलनमा दाताहरुले ४ खर्ब ४० अर्ब रुपैयाँ दिने घोषणा गरेका थिए ।

‘विभिन्न दाताहरुसँग अहिलेसम्म १ अर्ब २९ करोड ४० लाख अमेरिकी डलर बराबरको रकमका लागि सम्झौता भइसकेको छ,’ अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले भने ।

सम्झौता भइसकेको रकम सरकारले सीधै कार्यक्रम बनाएर खर्च गर्न सक्ने अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार चीनसँग ५ अर्ब ८० करोड, २५ अर्ब, जापानसँग २४ अर्ब ७० करोड, १३ अर्ब, २० अर्ब, २० अर्ब, १० अर्ब, ३४ अर्ब, अन्त्राष्ट्रिय मुद्रा कोषसँग ५० अर्ब रुपैयाँको सम्झौता भइसकेको छ । सरकारले खर्च गर्न नसक्दा दाताहरुले दिएको रकमको उपयोग हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment