Comments Add Comment

यूएईमा घन्कियो पञ्चेबाजा

uae_program1दुबई । नेपाली मौलिक पञ्चेबाजा यूएईमा पहिलोपटक घन्किएको छ ।

रोजगारीका लागि पाल्पा जिल्लाबाट यूएई आएका पाल्पाली युवाहरुको सामाजिक संस्था पाल्पाली समाज युएईले आफ्नो पहिलो वाषिर्कोत्सवको अवसर पारेर पञ्चेबाजा घन्काएको हो ।

गत २२ अप्रिल, शुक्रबार, बरदुबईको ईम्पेरियल सुईट होटलको सभाहलमा भएको कार्यक्रममा युएईमै पहिलो पटक पञ्चेबाजा प्रत्यक्ष रुपमा प्रस्तुत गरिएको थियो ।

समाजका कोषाध्यक्ष तथा सांस्कृतिक कार्यक्रम संयोजक कैलाश अर्यालले नेपाली कला संस्कृति संरक्षणका लागि युएईमा पहिलो पटक पञ्चेबाजा प्रस्तुत गरिएको जानकारी दिए ।

पञ्चेबाजा कार्यक्रममा समेटिएपछि कार्यक्रमका आमन्त्रित अतिथि तथा सहभागि सबैले प्रसंसा गरेको उनले जानकारी दिए । मगरसंघ युएईको समुहले कार्यक्रममा पञ्चेबाजा प्रस्तुत गरेको थियो ।

कार्यक्रमका लागि नेपालबाट बोलाइएका प्रसिद्ध कलाकारद्धय नारायण रायमाझी र जमुना रानालाई अभिनन्दन पनि गरिएको थियो ।

कलाकारद्धयलाई मगर संघ युइर्एको समुहले पञ्चेबाजा सहित कार्यक्रम स्थलमा ल्याउँदा कार्यक्रमका लागि मञ्चमा रहेका अतिथि तथा दर्शक उठेर ताली बजाउदै सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा तथा विशिष्ट अतिथि लुम्बिनी वेलफेयर सोसाईटी अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डि एल शर्माले कलाकारद्धयलाई दोसल्ला र सम्मान पत्रले अभिनन्दन गरेका थिए ।

कार्यक्रममा रायमाझीले नमुछे आमा दहीमा टीकाबाट सुरु गरी सान्नानीले भुक्याई मलाई लगायत आधा दर्जन आफ्ना लोकपि्रय गीतहरु प्रस्तुत गरेका थिए ।

रानाले बिहान होस बेलुका लगायतका गीत प्रस्तुत गरिन । कार्यक्रमका लागि आर्थिक लगायतका सहयोग गर्ने ब्यवसायी तथा समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम समाजका अध्यक्ष खुमबहादुर आले र महासचिव बेदप्रसाद पाल्पालीको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा युएईमै रहेका नेपाली कलाकारहरु हरि डुम्रे, बिष्णु गिरी, दिपिका गुरुङ लगायतका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रथम वाषिर्कोत्सवको अवसरमा संस्थाको प्रगति विवरण तथा आर्थिक बिवरण प्रस्तुत गर्दैर् एक बर्षको अवधिमा समाज मार्फत पाल्पाली तथा नेपालीहरुलाई दुख पर्दा पटकपटक गरी दस लाख बराबर सहयोग गरिएको जानकारी दिईएको थियो ।

संगठन निर्माण शुरु गरिएको पहिलो बर्षमानै युएईका सात मध्ये छ वटा स्टेटमा शाखा स्थापना भएको अध्यक्ष खुमबहादुर आलेले जानकारी दिए ।

कार्यक्रममा नमस्ते ट्राभल्स एन्ड टुरिज्मका संचालक तथा नेपाली बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष त्रिलोचन कोईराला, जिल्ला परिषद युएईका संयोजक मणि भुर्तेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । पाँच सय भन्दा बढी दर्शक स्रोता भरिएको कार्यक्रमको ब्यवस्थापन गर्न स्वयम सेवकहरुलाई हम्मेहम्मे परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment