Comments Add Comment

साहरुखसँग काम गर्दा बिहे गरेजस्तो लाग्योः सन्नी लियोनी

srk and sunny
हिन्दी चलचित्र ‘जीस्म-२’ वाट करिअर सुरु गरेकी भारतीय मुलकी क्यानेडियन पोर्नस्टार सन्नी लियोनीको बलिउड बादशाह साहरुख खानसँग काम गर्ने सपना पूरा भएको छ । सन्नीले साहरुखको आगामी चलचित्र ‘रईस’ को एउटा गीतमा ‘लैला ओ लैला’मा आइटम डान्स गरेकी छिन् ।

उनले साहरुखसँग काम गर्दा गजबको अनुभव भएको बताइन् । ‘यति ठूलो स्टारसँग काम गर्न पाउनु मेरा लागि सपना जस्तै थियो ।’ सन्नीले भनिन्-‘रइसमा काम गर्दाको अनुभव विवाह गरेको दिन जस्तै लाग्यो । आयो गयो ।’ यस्तो दिन फेरि आउछ आउदैन उनी आफैं भन्न सक्दिनन् । अहिले उनलाई शाहरुखसँग काम गर्दाको क्षण सपना जस्तै लाग्छ ।

चलचित्र ‘मस्तीजादे’ को प्रमोशनको क्रममा एक टीभी च्यानलमा दिएको विवादित अन्र्तवार्ताको विषयमा सन्नी भन्छिन्-‘जुन किसिमको अन्र्तवार्ता भयो मैले कल्पनामा पनि सोचेकी थिइन कि त्यस्तो होला भनेर ।’ अन्र्तवार्तापछि उनलाई निकै डर लागेको थियो । त्यतिवेला उनी खुसी भइन् जब आमिर खान, ऋषी कपुर, शाहिद कपुर, आलिया भट्ट, अनुश्का शर्मा लगायतले उनको समर्थन गरे ।

बलिउडका केही नायिकाले हलिउडको यात्रा प्रारम्भ गरिरहेको बेला सन्नी भने बलिउडमा प्रभाव जमाउने योजनामा छिन् । उनलाई पहिला लाग्थ्यो बलिउडमा काम गर्न निकै सजिलो छ । तर, अहिले महसुस् गर्न थालेकी छिन् बलिउडमा टिक्न सजिलो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment