Comments Add Comment

फेसबुक र गुगलमा बाढिको खतरा !

google-facebookएकातर्फ विश्व सुख्खा, खडेरी तथा जलवायु परिवर्तनको खतरासँग जुधिरहेको छ ।

उता अमेरिकाको सिलिकन भ्यालीस्थित फेसबुक, गुगल तथा सिस्को जस्ता दिग्गज कम्पनीहरु भने आफ्नो कार्यालय परिसरको विषयलाई लिएर निकै चिन्तित छन् । किनकी यी कम्पनीहरुमा बाढीको खतरा बढिरहेको छ ।

बेलायती पत्रिका दी गार्जियनका अनुसार एक ताजा पूर्वानुमानको आधारमा वैज्ञानिकहरुको एक समूहले यस्तो चेतावनी जारी गरेको हो । सन्फ्रान्सिस्को खाडी क्षेत्रमा समुद्रको स्तर बढेका कारण उपर्युक्त कम्पनीहरुको सिलिकन भ्यालीसिथ्त मुख्यालयहरुका सम्पत्तिमा नोक्सानी पूराउन सक्ने खतरा छ ।

रिपोर्ट अनुसार फेसबुकको नयाँ मुख्यालय बाढीको सबैभन्दा उच्च जोखिममा रहको छ ।सन्फ्रान्सिस्कोस्थित फेसबुक मुख्यालय ४ लाख ३० हजार वर्गफुटमा बनेको हो । यसमा नौ एक्कडमा फैलिएको रुफटप गार्डेन पनि छ ।

क्यालिफोर्निया खाडी संरक्षण विकाश आयोगका एक वरिष्ठ योजनाकार लिन्डी लोभका अनुसार फेसबुक निकै असुरक्षित छ । फेसबुकको जग जमिनको सतहमा निकै तल रहेकाले यस्तो खतरा भएको हो ।

त्यस्तो जोखिमपूर्ण क्षेत्रमा फेसबुकले किन मुख्यालय निर्माण गर्यो भन्ने विषयमा आफु आश्चर्यमा रहेको उनी बताउँछन् ।

त्यस्तै गुगलको मुख्यालय माउन्टेन भ्यू क्षेत्रमा तथा प्रविधि कम्पनी सिस्कोको मुख्यालय सेन जोसमा रहेको छ । यी दुइ कम्पनीका मुख्यालयमा बाढीको खतरा फेसबुकको भन्दा कम भएपनि ध्रुबिय हिउँ पग्लिएसँगै समुद्रको सतह बढ्दा यी दुबै मुख्यालय समेत डुबानमा पर्नसक्ने खतरा रहेको बताइन्छ ।

समुद्रको जलसतह बढ्दा १ खर्ब डलर बराबरको सम्पत्ति नोक्सान हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment