Comments Add Comment

लाप्राकवासीको जाग्यो आशा, छायो अनुहारमा मुस्कान

kul badhur gurungभूकम्पबाट अति प्रभावित गोरखाको लाप्राक बिस्तारै धुलो टक्टक्याएर उठ्न प्रयासरत छ । दैनिकी कष्टकर भए पनि मानिसहरुको अनुहारमा हाँसो देखिन थालेको छ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एनआरएनका अध्यक्ष शेष घलेसम्मले लाप्राकमा पाइला टेके । एक वर्षसम्म पुनर्निमाणको पखाईमा बसेका लाप्राकवासीमा आजको चहलपहलले आशा जागेको छ । जाडो अगाडि नै बस्ति निर्माण गर्ने गरी एनआरएनले जिम्मा लिएपछि उनीहरु अब घरमा बस्न पाउनेमा ढुक्क भएका छन् ।
raj gurung
स्थानीय समाजसेवी राज गुरुङ भन्छन्, ‘सरकारबाट पाउनुपर्ने सबै राहत पाएका छौं । १५ हजार नगदको सट्टा पुरै गाउँलेले जस्ता लियौं । न्यानोको १० हजार अलि पछाडि आयो । खुसी नै छौं । राष्ट्रपति गाउँमा आउनुभएको छ । पक्कै पनि पहल हुन्छ र चाँडैं हाम्रो घर बन्छ ।’khushi gurung

कक्षा १२ मा पढ्ने छात्रा खुसी गुरुङ भन्छिन्, ‘पढ्नलाई गाह्रो छ । स्कूल पनि जस्ताले बेरेको छ । दिउँसो गर्मीमा साह्रै गर्मी, बिहान बेलुका चिसो हुन्छ । गाउँभरी जस्ता भएर होला, दिनभरी साह्रै गर्मी हुन्छ । स्कूलमा बिभिन्न संस्थाका आइएनजिओ, एनजिओहरुले पढाउन सहयोग गरिरहेका छन् । पाठ्यसामग्री दिन्छन् । घर बन्ला, स्कूल पनि चाँडै बने हुन्थ्यो ।’

dameni gurung

७६ वर्षीया वृद्धा दमिनी गुरुङ भन्छिन्, ‘अब चाहिँ पक्कै घर बन्छ भन्छन् । तलबाट माथि आउँदा ओढ्ने ओछ्याउने केहि पनि थिएन । अहिले जस्ताले बेरेर घर बनाएको छ । खानेकुरा संघसंस्थाहरुले दिएका छन् । अलि-अलि गाउँ गएर पछि लिएर आएका छौं । एकदम आशिर्वाद छ घर बनाइदिने नानीहरुलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment