+
+
Shares

नयाँ शक्तिका नेता लट्री धन्दामा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १३ गते ५:४९

१३ वैशाख, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय पार्षद सदस्य ओखलढुंगा दियालेका अशोककुमार थापा अन्तर्राष्ट्रिय ‘लट्री’ धन्दामा लागेको पाइएको छ ।

Ashok-kumar-Thapaपाँच लाख पाउन्ड पाउने आसामा सात लाख २५ हजार गुमाएको पोखराकी पोखराकी एक महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान व्यारेामा उजुरी दिएपछि अनुसन्धान गर्दा थापाको संलग्नता पुष्टि भएको आजको अन्नपूर्णले जनाएको छ ।

ती महिलालाई बधाई छ सन् २०१६ को पेप्सी मोबाइल ड्र युकेमार्फत तपाईंको मोबाइल नम्बरलाई पाँच लाख पाउन्ड चिठ्ठा पर्‍यो भन्ने सन्देश आएको थियो ।

सन्देशसँगै इमेल ठेगाना पठाएर पूर्ण जानतकारी पठाउनसमेत सुझाव दिइएको थियो । पटकपटक म्यासेज र फोन आएपछि ती महिलाले उत्साहित हुँदै पैसा पठाउने माध्यम खोजिन् । तर नेपालमा चिठ्टावापतको पैसा पठाउन वकिल खर्च लाग्ने र हुन्डीमार्फत पैसा पठाउन भनियो ।

महिलाले विश्वास नगरेपछि बैंकिङ च्यान प्रयोग गरेर पैसा पठाउने अडान लिएकी थिइन । त्यसपछि महिलाले एसबीआई बैंकको अशोककुमार थापाको नाममा पटक पटक गरी सात लाख २५ हजार रुपैया जम्म गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?