Comments Add Comment

न्यूयोर्कमा नेपालको बिनासकारी भूकम्पको सम्झना

walk america (4)

न्यूयोर्क । अमेरिकामा रहेका नेपाली समुदायले नेपालमा गत बर्षको वैशाख १२ मा गएको विनासकारी भूकम्पको स्मृतिमा आइतबार न्यूयोर्कमा पदयात्रा गरेका छन् । पदयात्रामा सयौं नेपाली सहभागी थिए ।

रातो टोपी र रातै टिसर्ट लगाएकाहरुको पदयात्राले न्यूयोर्क सहर राताम्य भएको थियो । उनीहरुले झण्डै डेढ किलोमिटर पदयात्रा गरेका थिए ।

पदयात्रामा न्यूयोर्क, न्यूजर्सी, कनेक्टिकटलगायत राज्यमा रहेका नेपाली समुदायको पनि सहभागिता थियो । पदयात्रामा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । नेपालीहरुको पदयात्रालाई न्यूयोर्कबासीले चासो दिएर हेरेका थिए ।

walk america (1)‘नेपाली दाजुभाइले भोग्नु परेको पीडामा मेरो पदयात्रामा सहभागिताले मल्हम पट्टी गर्न केही सघाउने अपेक्षा गरेको छु,’ न्यूयोर्क बस्दै आएका सन्दीप क्षेत्रीले भने ।

यसै अवसरमा साँझ ज्याक्सन हाइटमा मुस्ताड किदुग र ह्योल्मो सोसाइटी अमेरिकाले दीप प्रज्वलन गरेर नेपालमा गत बर्ष गएको भूकम्पको सम्झना गरेका थिए ।

walk america (2)

walk america (3)

walk america (5)

walk america (7)तस्वीरहरुः प्रशान एलुड राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment