+
+
Shares

कविता: भूकम्प वार्षिकी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १३ गते १६:५४

यस्तो लाग्छ,
भाग्यले चलेको देश
सर्बनास हुने जान्दाजान्दै
Jagan Karki, Londanलम्पसार परेर भाग्यकै भरमा सुतेको हाम्रो मानसिकता
हाम्रो गति छाडापनलाई माथ दिँदै,
आयो हल्लियो, हल्लायो,  लिएर गयो हाम्रा आँसुहरु
धर्तीं चिराचिरा पारी भत्काइदियो हाम्रा बास बस्ने घर, पाटी पौवा अनि मन्दिरहरु
भत्काइदियो हाम्रा आडम्बरका महल अनि घमण्डका पर्खालहरु
त्यो पापी कम्पले, जे भत्काउनु पर्ने थियो
भत्काएन, जे नपर्ने त्यहि सर्वनास गर्यो

हामी भाग्यले बँच्नेहरु,
सुतिरहेका हाम्रा दरिद्र मानसिकताहरु
मृत्युको मुखमा केहि दिन झस्किए, हल्लिए, बिउँझिए
तल्लिन भए सम्हाल्न बिभत्स ति घाउहरु
सम्हालिने सम्हाल्ने क्रममा
राहतमा आहात, भावमा अभाव सिर्जनामा तल्लिन
सदियौं देखि शोषण गरिरहेको
त्यो पापी राजनीतिले टाउको उठायो
लड्यो लडायो सत्ताशक्तिको फोहोरी खेल सुरु गरी
अकर्मन्यता, अभाव हुँदै नाकाबन्दी थोपरेर
फेरी छर्कियो नुन हाम्रा घाउहरुमा ।

लोभी पापीको सत्तामा भ्रस्टहरु संगठित हुने
अकर्मन्य र अक्षमहरु  पुनर्निर्माण गर्न अघि बढ्ने
बुद्धिजिवी, सक्षमहरु टुक्राटुक्रा भइ आ-आफ्नै डम्फु बजाउने
आफू सिन्को नभाँची एकोहोरो पाठमात्र पढाउँदै
आरोप प्रत्यारोपमा तल्लिन हुने परिपाटीको निरन्तरता स्वरुप
पीडितका घाउमा नुन छर्किदै  आज भूकम्प वार्षिकी मनाइँदै छ ।

जगन कार्की, सोमबारे, मोरङ
(हाल लन्डन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?