Comments Add Comment

शैक्षिक विकास विना आर्थिक सम्बृद्धि असम्भवः गभर्नर नेपाल

chiranjibi-nepal
१३ वैशाख, काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले शैक्षिक विकास बिना आर्थिक सम्बृद्धि हुन नसक्ने बताएका छन् ।

उनले आर्थिक बिकासका लागि शिक्षालाइ आधुनिकिकरण गर्नुपर्ने उल्लेख गरे । बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसको अबलोकनका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले सिद्धार्थ गौतमबुद्ध क्याम्पसले शैक्षिक उन्यननमा पुर्याएको योगदानको प्रशंसा समेत गरे ।

डा. नेपालले क्याम्पसको स्तरबृद्धिका लागि पहल गर्न आग्रह गर्दै आफ्नो सहयोग सधैभरी रहने प्रतिबद्धता व्यक्त गरे ।

सो अबसरमा क्यँम्पसका नवनियुक्त क्याम्पस प्रमुख बाबुराम पाण्डेले गभर्नरलाइ क्याम्पसमा स्वागत गर्दै आफूहरुले गरिरहेको गतिबिधि र क्याम्पसको बारेमा डा.नेपाललाइ जानकारी गराएका थिए ।

कार्यक्रममा पूर्व-क्याम्पस प्रमुख कृष्णलाल जोशी, नवनियुक्त सहायक क्याम्पस प्रमुखहरु ताराप्रसाद ज्ञवाली, रामनाथ उपाध्याय, मास्टर्स डिग्री को-अर्डिनेटर रमेशप्रसाद पाण्डे लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment