
हिराल्डोकाई सोवकान कराते डोको आयोजनामा अप्रिल २४ तारिख आईतवार न्यूयोर्कको क्विन्स स्थित इलमकोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा नेपालका साग पदक विजेता सुनिल लामा सहित इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका ९ जना खेलाडीहरुको सहभागीता रहेको उक्त च्याम्पियनसिपमा व्यक्तिगत खुला तौलको कुमिते मा नेपालको सुनिल लामाले आफनो पतिद्धन्दी पहिलाृ चरणमा मोनटोया लाई ९-३ , दोश्रो चरणमा मोहमद सलेम लाई १०-३ ,तेश्रो चरणमा डारडन सिका लाई ७-० र अन्तिम चरणमा बर्नार्ड कोलोनल लाई ९- ४ ले पछाडी पार्दै स्वर्ण पदक जित्न सफल भएका छन ।

अमेरिका कराते महासंघद्धारा मान्यता प्राप्त च्याम्पियनसिपमा इन्टरनेश्नल मार्शलआर्टस एशोसियशन न्यूयोर्कको ९ जना खेलाडीहरुको सहभागीता रहेको थियो । च्याम्पियनसिपमा न्यूयोर्क राज्यको को अलावा अन्य ६ राष्ट्र्हरु क्यानाडा, डमिनीकन रीपब्लीक, भेनेजयला, पानामा र हईटीको गरी ३५० जना भन्दा वढी खेलाडीहरुको सहभागीता रहेको थियो ।
विश्व कराते महासंघका रेफ्री सेन्सी क्लिभ वेक्सटरको प्रमुख निर्देशनमा संचालित च्याम्पियनसिपमा पान अमेरिका र अमेरिकी कराते महासंघ अन्तर्गतका रेफ्री तथा निर्णायकहरु सहभागि थिए । जस मध्ये च्याम्पियनसिपम नेपाली मुलका इन्टरनेश्नल मार्शल आर्ट एसोसिएसन न्यूयोर्कका प्रमुख प्रशिक्षक शान्त थोकर र सहायक प्रशिक्षक पर्खि राई २ जना मात्र निर्णायक ( रेफ्री )सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4