१४ वैशाख, काठमाडौं । ग्रिनहिल सिटीले ललितपुरको इमाडोलमा ४५ रोपनीमा आवास गृहको निर्माण कार्य सुरु गरेको छ । यो आवास योजना ग्वार्को चोकबाट २.२ किलोमीटरको दूरीमा ४ लेनको सडकसँग जोडिएको छ ।
विभिन्न ५ डिजाइनमा निर्माण हुने घरहरु साढे तल्लाका हुने बताइएको छ । घरहरु ४ आनादेखि १५ आनासम्मको क्षेत्रफल फैलिनेछन् । साथै, सबै घरहरु भूकम्प प्रतिरोधी हुने कम्पनीको दाबी छ । घरहरुको निर्माण कार्य २०७५ सालभित्र पुरा गर्ने लक्ष्य राखिएको छ ।
यसैगरी कम्पनीले काठमाडौंको मूलपानीमा पनि ३२० रोपनी क्षेत्रफलमा ८ सय घरहरु निर्माण सुरु गरेको छ । मुलपानीमा ७० प्रतिशत घर घडेरी बिक्री भईसकेको समेत बताइएको छ ।
भक्तपुरको वालकोटस्थित रोज भिलेजमा १४७ घरहरु निर्माण गरि अधिकांश घरहरुमा बसोबास सुरु भइसकेको छ । यसै वर्ष उक्त आयोजना कम्युनिटी लाई हस्तान्तरण गर्ने कम्पनीले बताएको छ ।
आगामी दिनहरुमा थप नयाँ आयोजनाहरु क्रमशः गोकर्ण, भैंसेपाटी, दुवाकोटमा बनाउने कम्पनीले जानकारी गरायो । कम्पनीले झापाको खजुरगाछी गाविसमा करीव ३० बिघा क्षेत्रफल जग्गामा ट्रि प्लान्टेशन समेत गरेको छ ।
२०७४ साल भित्र ग्रिनहिल सिटीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने योजना बनाइएको छ ।
प्रतिक्रिया 4