Comments Add Comment

पुनःनिर्माण सक्न पाँच वर्ष लाग्छः उपप्रधानमन्त्री थापा

Kamal thapa१४ वैशाख, वासिङ्टन डिसी  । उपप्रधानमन्त्री कमल थापाले भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि पाँच वर्ष लाग्ने बताएका छन् ।

भूकम्प गएको एक वर्ष पुगेको बेला अमेरिकाको वासिङटन डिसीस्थित युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिसले आयोजना गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री थापाले भने  ‘ हामीले आफन्त र सम्पत्ति गुमाएका छौँ तर आशा गुमाएका छैनौँ । हामी नेपाल पुनःनिर्माण गर्ने योजना पाँच वर्षभित्र पूरा गर्नेछौँ । यसको लागि अन्तर्राष्ट्रिय समुदायको आर्थिक सहयोगको खाँचो रहेको छ ।’’

थापाले पुनःनिर्माणको पहिलो प्राथमिकता निजी घर भएको उल्लेख गर्दै त्यसपछि अन्य संरचनाको निर्माणमा राज्य लाग्ने उल्लेख गरे । उनले पुननिर्माणमा समस्या भएका कारण स्थानीय निकायको निर्वाचन आगाम किात्तिकमा गर्ने तयारी गरिएको जानकारी दिए ।

संविधानका कतिपय विषयमा आफू असहमत भए पनि सहमतिको दस्तावेज भएकाले आत्मसात् गरेको भन्दै थापाले यसलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए ।

कार्यक्रममा दक्षिण तथा केन्द्रीय एसियाली मामिला व्युरोकी सहायक मन्त्री निशा देसाई विसवालले भूकम्पको पीडाको प्रत्यक्ष अनुभूति गर्ने अवसर पाएको स्मरण गर्दे नेपालले मबजुत नेपाल बनाउन सक्नेमा आफू विश्वस्त भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment