Comments Add Comment

ताप्लेजुङका अधिकांश गाविस प्राकृतिक प्रकोपको जोखिममा

Taplejung१५ वैशाख, ताप्लेजुङ । ताप्लेजुङका अधिकांश गाविसका बस्ती प्राकृतिक प्रकोपको दृष्टिकोणले जोखिमपुर्ण रहेको पाइएको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत राष्ट्रिय भू-उपयोग आयोजनाले गरको एक सवेक्षणले जिल्लाको ४८ गाविस मध्ये आधा भन्दाबढी गाविस प्राकृतिक प्रकोपको दृष्टिकोणले बस्ति विकासको लागि जोखिमपूर्ण पाइएको हो ।

नेपालका हिमाली पाँच जिल्लाका जोखिमपुर्ण क्षेत्रमा रहेका बस्तिहरुलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने प्रकृया अन्तर्गत ताप्लेजुङको एक नगरपालीका सहित ४८ वटै गाविसको सेटेलाईट अध्यायन गरी राष्ट्रिय भू-उपयोग आयोजनाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

\तथ्याङ्कमा नगरपालीका आसपासका गाविस, सिनाम, नाङ्खोल्याङ र केहि गाविस बाहेक सबै गाविस पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपको जोखिममा रहेको देखिएको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा अधिकांश समय हिमपहिरो जोखिम रहेको छ भने मध्य क्षेत्रमा पहिरो र तल्लो क्षेत्रमा बाढीको समस्या रहेकाले जिल्लाका सिमित गाविस र नगरपालिका मात्र बस्ति विकास लागि योग्य रहेको आयोजनाले बताएको छ ।

नेपालको हिमाली जिल्लाको जोखिमपूर्ण देखिएका बस्तिलाई सुरक्षित एकिकृत बस्ति विकास गर्ने उद्धेश्यका साथ भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत राष्ट्रिय भू-उपयोग आयोजनाले अहिले हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा, मनाङ, हुम्ला र बझाङको जोखिमपुर्ण स्थानहरुको सेटेलाईट तथ्याङ्क संकलन गरी अध्यायन तथा स्थानिय स्थरमा अन्तरक्रिया गरीरहेको छ । आयोजनाले तोकिएको सबै जिल्लामा अध्यायन गरी सरकारलाई प्रतिबेदन बुझाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment