Comments Add Comment

युएईमा खादाको राजनीति ! खादाको महत्व बुझ्ने की ?

युएई । “आकाशमा पूर्व र पश्चिमबीच कुनै भेद छैन, मान्छेको मनले नै भेदभावको जन्म गर्छ र त्यो सत्य हो भनेर विश्वास गर्छ ।” यो अनमोल वचन भगवान बुद्धको हो ।

 मान्छेको मानसिक विचारलाइ पनि तर्कसंगत जता पनि लान सकिने हुँदा मैले पनि मेरो नितान्त व्यक्तिगत विचार पस्किने जमर्को गरेको छु ।  किनभने मलाइ विश्वास छ, मानसिक दुर्बलताले उत्पन्न गरेको मिथ्या विश्वासहरूका कारणले आजकल चौतर्फि रूपमा धर्म तथा समाज माथी घात भइरहेको छ जसको फल हाम्रो पिंढीले अहिले भोगिरहेको छ ।

rampp

प्रसङ्ग युएइमा हाल ज्वालामुखी झैं बिष्फोट भएको खादाको बिषयलाइ लिएर संघसंस्थाहरूबीच उत्पन्न मनमुटाव र तर्क वितर्कहरूलाइ लिएर हो जुन समय सापेक्ष अनि जरूरी थियो र यस्तो हुनु न्यायसंगत पनि छ ।

जसले सामाजिक परिवेशमा बढिरहेको बिकृतिहरूलाइ पहिचान गरी स्वच्छ ढंगले अघि बढ्न सबैलाइ अवश्य नै टेवा पुर्याउँदछ । मानिसका मानसपटल भित्र छोपिएका विचारका तरङ्गहरूलाइ यस्तै गरेर वाहिर निकाल्नुमा यसको श्रेय गैर आवासिय नेपाली संघका केन्द्रिय अध्यक्ष सुदिप कार्कीलाइ जान्छ, जसका लागी धेरै धेरै धन्यबाद पनि भन्न चाहान्छु ।

वहाँका व्यक्तिगत फेसबुक भित्तामा संप्रेषित विचारहरू र विगतमा खादा ग्रहण गर्दै खिचिएका फोटाहरू हेर्दा वहाँले पक्कै धार्मिक आस्थाले भरिभराव खादा बहिष्कार गर्नु भएको छैन भन्ने प्रमाणित हुन्छ ।

विभिन्न संघसंस्थाहरूका प्रेस विज्ञप्ती तथा पदाधिकारीहरूका फेसबुक स्टाटसहरू पढ्दा, बौद्ध धर्मावलम्बीहरूले मात्र नभएर हिन्दु समुदायमा पनि जरा गाड्न सफल खादाको अवमूल्यन वा बहिष्कार कहि कतै नभएको प्रष्ट देखिन्छ । स्वच्छ खादाको दुरूपयोग गर्नु हुन्न भन्ने सन्देश दिन वहाँले एउटा कार्यक्रममा एकपल्टलाइ ग्रहण नगर्दा सबैको ध्यानाकर्षण भएको छ जसले अझै यसको महत्व बढाएको छ भनेर म ठान्दछु ।

कुनै व्यक्ति विशेषले वा संस्था विशेषले चाहेर खादाको अवमूल्यन कदापी गर्न सक्दैन । खादाको महत्व सगरमाथा जस्तै अडिग र अटल छ । यस बहसले खादाको असली प्रयोग हुनुमा झन् उँचाइ बढाएको प्रष्ट छ जुन समयसान्दर्भिक पनि छ । समय परिस्थिति अनुसार नेपाली समाज भित्र यस्ता वाकयुद्धहरू हुन एकदम अपरिहार्य ठान्दछु ।

हामी सबैलाइ थाहा भएकै कुरा हो, केही समय पहिले युएईबाट खादा ओढ्ने एक बरिष्ठ समाजसेवी हुण्डीको पैसा खाएर गायब भए । वहाँसंग जोडिएका थुप्रै नेपालीहरूका अश्रुधार बगे तर फोटो हेर्दा उनको काँधमा त्यो पवित्र खादा देखेर चित्त बुझाउन असंभव थियो । खादा अोडाएर हामी ठगियौ ।

अरूलाइ दुःखको भूमरीमा धकेल्ने मानिस कदापी खादायोग्य हुन सक्दैन । यहाँ हरेक संस्थामा यस्ता बरिष्ठहरू धेरै हुनसक्छन जो खादा ओढेको भरमा सामाजिक उचाइ बढाउने तर भित्र भित्र गलत कार्यहरु गर्ने ।

सबैलाई थाहा छ को कस्तो छ, को के गर्छ भनेर तर पनि कार्यक्रममा खादा जरुर ओढाइन्छ । हेर्नु भो भने हरेकदिन १० तोला सुन पठाउने खादाप्रेमीहरु धेरै भेटिनेछन् हाम्रो वरीपरी । यिनीहरुलाई खादा ओढाउदा खादाको सम्मान भो कि अपमान भो ? यतातिर पनि ध्यान दिने कि?

यस अर्थमा एनआरएनको सोच राम्रै हो । श्रमजिबी जनताको सेवा गर्नेहरुले खादा मोह भन्दा माथि उठेर जनता कै काममा केन्द्रित हुनुपर्छ भन्नु गलत पक्कै हैन र धार्मिक आस्थामा खलल पुगेको पनि मान्न सकिन्न ।

व्यक्तिगत स्वतन्त्रता छाएको समाजमा लाउने नलाउने भन्ने सवाल व्यक्तिमै निहित हुन्छ । आसनग्रहण, खादा, ब्याच, फुलमाला आदीमा गरिने खर्च र समयलाई बचाएर समाजसेवामा लागौ भन्दा के बिग्रिएको हो र ? कुरोलाई बङ्ग्याएर अतिरन्जित बनाएर गलत व्याख्या गर्दैमा खादा अपवित्र हुने हो र ? त्यो आँफैमा पवित्र छ । कसैले भनिरहनु पर्दैन ।

एनआरएन यूएइ २०१५-१७ को समग्र संरचना बन्दा पनि जनजाती महासंघ तथा यससंग आवद्ध ११ भन्दा बढी संघसंस्थाहरूले सघाएकै हो भन्ने सबैलाइ थाहा छ । जनजाती महासंघको हातेमालोकै कारण अहिलेको क्रियाशिल समिति गठन भएको हो र यसले ६ महिना भित्रै थुप्रै उल्लेख्य कामहरू गरेको प्रष्ट छ ।

सामाजिक सन्जालमा हेर्छु, जो जो हिजोका दिनमा हामी एनआरएन हैनौ र एनआरएनलाई मान्दैनौ भन्नेहरु थिए उनीहरुकै स्वर ठुलो देखिन्छ । केही राजनैतीक दाउपेच पनि देखियो । उनिहरु एनआरएनलाई कसरी कहाँ बाट के के शब्दजालहरु बुनेर खसाल्न र पखाल्न सकिन्छ त्यता तिर हात धोएर लागेको देखिन्छ केही अपबाद ब्यक्तीहरु बाहेक ।

बौद्ध धर्मावलम्बीहरुले बिशेष र बढी प्रयोग गर्ने खादालाई हाम्रो मात्र हो, उसले अपमान गर्‍यो, नस्लबादी हो, जातीबादी हो भनेर सन्किर्णता जनाउँदा अराजकता बढ्ने पक्कै देखिन्छ

अपबाद भनिएका ब्यक्तीहरु जो एनआरएनको अस्तित्वलाई मान्छन तिनिहरु पनि जानअन्जानमा कुरोको चुरोलाई व्याख्या नगरि हो मा हो गरेको देखिन्छ । मान्छेको स्वभाव नै यस्तो हुन्छ जसले आफ्नो भेडीगोठमा रहेको भेडाको झुण्डबाट कुनै पनि हालतमा आफ्नो भेडालाइ अर्को झुण्डमा जानै दिदैन । युएइमा विद्यमान संघसंस्थाहरू बिच कतै यस्तै चलखेल त भैरहेको छैन?

त्यसो हैन महोदय, खादा अब बौद्द धर्मावलम्बीहरुको मात्र पवित्र चिज हैन । अहिले त सबै नेपालीहरुले खादा प्रयोग गर्दै आईरहेका छन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले गत साल रस अल खैमहमा गरेको तीज महोत्सवमा हामीले च्याम्बर अफ कमर्सका मुख्य डाइरेक्टर जुन मुसलमान हो, कन्दुरा माथी खादा आढाएका थियौ ।

अमेरिकी मुलका बेलायती पत्रकार बार्बरा एडम्स क्रिस्टियन थिए जसले मरेपछि हिन्दु परम्परा अनुसार जलाउनु भने, ले पनि थुप्रै कार्यक्रमहरूमा खादा ग्रहण गरेकै थिए ।

जहाँ सवाल छ, बौद्ध धर्मावलम्बीहरुले बिशेष र बढी प्रयोग गर्ने खादालाई हाम्रो मात्र हो, उसले अपमान गर्‍यो, नस्लबादी हो, जातीबादी हो भनेर सन्किर्णता जनाउँदा अराजकता बढ्ने पक्कै देखिन्छ ।

हिजो पश्चिमा देशमा भगवान बुद्धको तस्बिर छालाको जुत्तामा अंकण हुँदा र फेसन शोहरूमा अंग प्रदर्शन गरी गुप्ताङ्ग छोप्न मात्र झिल्झिलेदार खादा प्रयोग गर्ने बेला यी स्वरहरू किन उठेन??? सुदिप कार्कीले कार्यक्रम भित्रै खादाले चश्मा पुछ्ने, जुत्ता पुछ्ने, सिङान पुछ्ने, घुँडा वा कम्मरमा बाँध्ने आदि क्रियक्लाप गरेर आपत्ति जनाएको भए पक्कै धार्मिक सहिष्णुतामा खलल पुग्दथ्यो र विरोधका कारणहरू पनि बन्थे ।

वहाँले त नितान्त व्यक्तिगत भावना जाहेर गर्नु भएको थियो जसको उद्देश्य कुनै धर्म, जात, वर्ग वा समाज प्रति लक्षित थिएन । यदी बौद्दधर्मावलम्बीहरुको दिलमा साच्चै नै ठेस पुगेको हो भने एनआरएनले पुनर्बिचर गर्नुपर्छ नत्र राजनिती खेलको लागि खादामा बहस र राजनीति गर्नुको अर्थ छैन ।

धार्मिक हिसाबले खादा मेरो पनि हो र म उच्च सम्मान गर्छु । अब त सबै नेपालीको पनि हो । तेरो थिएन अनी हेला गरिस भन्ने किसिमले अनर्थ लगाएर बहस गर्नुको अर्थ छैन । खादालाई सबैले माया गरौ ।

जहाँसम्म मैले जाने बुझे अनुसार खादाका महत्व तथा इतिहास यस प्रकार रहेको छ । साधारणतया दुइवटै हातले समातेर खादा लगाइन्छ, एउटा हातले लगाउँदा अपमान भएको ठानिन्छ । काँध भन्दा माथी उठाएर टाउकोलाइ नघाएर काँधमा नै राखिने हुँदा यो सम्मानयोग्य तब ठानिन्छ जब यो प्रकृया पुरा हुन पाउने व्यक्ति झुक्नै पर्ने हुन्छ ।

शरीरको सबैभन्दा उपल्लो भाग टाउको भन्दा माथी भएर गर्दनमा राखिदा पाउने व्यक्ति निहुरिदाँ करूणाको भावसंगै नम्र भाव पनि झल्काइरहेको हुन्छ । टाउको निहुराएर झुक्नु भनेको आदर सत्कार आशिर्बाद ग्रहण गर्नु भन्ने हो । खादाको प्रचलन कसरी भयो भन्ने विषयमा धेरैको थुप्रै विवादास्पद रायहरू भटिएको छ ।

जस मध्ये चीनमा हान सम्राज्यको समयमा झाङकियान् भन्ने शान्तीदुतले मध्ये चीनमा झगडाले विक्षिप्त भएर छरिएर रहेका स साना जातीय झुण्डहरूलाइ एकिकृत गराउन रेशमकपडाको सानो टुक्रा दिने चलन चलाए जहाँ हान वंश भित्र एउटा यस्तो विश्वास थियो, रेशमको टुक्रालाइ एकदम स्वच्छ र पवित्र मित्रताको उपहार वा कोशेलीको रूपमा लिइन्थ्यो ।

खादाले पूर्ण स्वच्छता र पवित्रताको चिनारी दिन्छ जुन हरेक मानिसको सामाजिक कार्यमा हुने हरेक क्रियाक्लापहरूमा अभिन्न अंग भएर बसेको छ

अर्को भनाइ अनुसार युआन सम्राज्य अन्तर्गत तिब्बतका राजा पागपा जसको अर्को नाम ल्होद्रोन ग्याल्त्सेन हो, एकदम कहलिएको राजनीतिज्ञ, लामा गूरू र शाक्यपा धारको पाँचौ संस्थापक लामा थिए ले ग्रेटवाल जस्तै अटल र शब्दचित्रले कोरिएको भावले युक्त धार्मिक वस्तु भनेर चिनाए ।

तिब्बतियन संस्कृतिमा व्यापक चली आएको खादा तिब्बतियन बुद्धमार्गमा पनि धेरै नै प्रचलनमा आएको छ जसलाइ अन्य ठाउँमा खता वा जोङ्खा भाषामा कप्नी वा खताग पनि भनिन्छ । यसको लम्बाइ १ मिटर देखि ७ मिटर सम्म हुन्छ तर डेढ मिटरको खादाको प्राय धेरै प्रचलनमा छ ।

खादाले पूर्ण स्वच्छता र पवित्रताको चिनारी दिन्छ जुन हरेक मानिसको सामाजिक कार्यमा हुने हरेक क्रियाक्लापहरूमा अभिन्न अंग भएर बसेको छ । मान्छे जन्मिदाँ, नामाकरण, भात खुवाइ, पास्ने वा विवाह गर्दा, मित लाउँदा, ब्रतबन्ध, छेवर, आदि गर्दा, विभिन्न सांस्कृतिक वा सामाजिक काममा व्यक्तिको आगमन वा प्रस्थान हुँदा, नयाँ घर बनाएर गृहप्रवेश गर्दा वा नयाँ सवारी साधन खरिद गर्दा होस्, अध्ययनमा सफलता हासिल गर्दा होस् वा पदोन्नती वा कार्यस्थल स्थानान्तरण हुँदा होस् वा श्राद्ध, अनुष्ठान वा मृत्यु समारोहमा रेशम कपडा द्वारा निर्मित यो खादाको प्रयोग गरिन्छ ।

तिब्बतियन खादाहरू सेतो हुन्छ जसले दान दिने व्यक्तिको स्वच्छ र पवित्र मुटुको संकेत गर्छ । सुनौलो, पहेलो वा चाँदी जस्तै सेतो भएका खादाहरूमा प्राय अष्टमंण्डला बनाएर अष्टमंगल यानी आठ वटा विभिन्न मंगलमय शुभकामनाहरू व्यक्त गर्न प्रयोग गरिन्छ ।

तिब्बतियन खादा सेतो भए जस्तै मंगोलियन खादा भने आकाशे निलो रंगको हुन्छ जसले विश्व ब्रम्हाण्डमा व्याप्त आकाश तत्वको बयान गर्छ । हाम्रो समाजमा व्याप्त खदाहरू त्यस्तो खास ठाउँ जहाँ मन पवित्र हुन्छ जुन अमूल्य आत्मा भित्र राखिएको भनेर मानिन्छ ।

बुद्धमार्गका चैत्य, गुम्बा, स्तूपा वा घरमा मात्रै नभएर यस्को प्रयोग विभिन्न रूखहरू, ढुङ्गा वा चट्टान, पहाड वा हिमाल आदिमा पनि प्रेमको भाव झल्काउने वस्तुको रूपमा यसको प्रयोग गरिन्छ ।

तिब्बतियन संस्कृतिमा एकदम खास तरिकाले व्यक्तिको स्वागत सत्कार गर्ने परम्परा छ । विभिन्न समारोहहरूको पावन अवसरमा पाहुनाको घाँटीमा झल्किने यो खादा ले खास व्यक्तित्व पहिचान गराउने काम गर्दछ । तपाइले समाज प्रति दिनुभएको योगदानका खातिर पवित्र खादाले विशेष व्यक्तित्व झल्काउने काम मात्र हैन इज्जत दिने काम पनि गर्छ । तासी देलेक । शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment