+
+
Shares

सुनचाँदीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २० कात्तिकमा सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढेको छ र अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँ थियो।
  • चाँदीको भाउ पनि २० रुपैयाँले बढेर प्रतितोला ३०१० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २९९० रुपैयाँ थियो।

२० कात्तिक, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो ।

अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँ रहेको चाँदी यस दिन ३०१० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?