Comments Add Comment

विराज विष्ट पदमुक्त, सहायकमन्त्रीमा रेशम लामा नियुक्त

Resham-Lama१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई पदमुक्त गरेका छन् । नयाँ सहायकमन्त्रीमा रेशम लामा नियुक्त भएका छन् ।

राप्रपा नेपालले हालै मात्र पार्टी नेता विष्टलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । राप्रपा नेपालको आग्रह अनुसार प्रधानमन्त्री ओलीले सहायकमन्त्री विष्टलाई पदमुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले राप्रपा नेपालको सिफारिसमा विष्टको स्थानमा लामालाई सहायकमन्त्री नियुक्त गरेका छन् । लामाले बुधबार नै सपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment