+
+
Shares

५०० कर्मचारी हटाउन अख्तियारको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १६ गते ६:०३

akhitar१६ वैशाख, काठमाडौं । पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।

मापदण्ड र नियमविपरीत शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालयलगयतमा नियुक्ति पाएका कर्मचारी बखार्नस्त गर्न अख्तियारले निर्देशन दिएको आजको कारोबार दैनिकमा समाचार छ ।

निदेशन दिनुअघि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी संलग्न विशेष बैठक बसेको थियो ।

कारबाहीको सिफारिसमा पर्नेमा सत्तरुढ एमाले , एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेता कार्यकर्ता बढी छन् ।

अख्तियारले ती कर्मचारी बर्खास्त गर्न निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलार्य पत्र पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?