१६ वैशाख, काठमाडौं। नेपाली कामदारको प्रमुख श्रम गन्तव्य साउदी अरबको राजगारी जोखिममा पर्दै गइरहेको छ ।
मलेसिया जाने कामदार घटेपछि साउदी अरेबिया र कतारमा बढेको थियो । तर, साउदीमा पनि पछिल्लोपटक कामदारहरु घटेका छन् ।
कच्च तेलको मूलय घटेपछि साउदीले विभिन्न कम्पनी र पूर्वाधार क्षेत्रबाट कामदारको कटौती गर्न लागिरहेकोले साउदीको रोजगार जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका अाजकाे नयाँ पत्रिकामा समाचार छ ।
निरन्तर तेलको मूल्य ओरालो लागेकोले यमनसँग् युद्धका कारण साउदी अरबको रोजगारी जोखिममा रहेको अन्तर्राष्ट्रिय न्यूयोर्क टाइम्सले जनाएको छ ।
त्यस्तै भारतको अमर उज्यालाका अनुसार साउदीको रोजगारीमा जोखिम बढेपछि २० हजार भारतीय कामदार फिर्ता भएका थिए ।
साउदीमा रहेका नेपाली कामदार पनि बिस्तारै नेपाल र्फकन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
प्रतिक्रिया 4