गुल्मी, बैशाख १६ । वनमा लागेको आगो बस्तीमा फैलदा गुल्मीको पौंदिअमराई ५ मा ६ घर गोठ जलेर नष्ट भएको छ ।
बुधवार दिउसो बाट जंगलमा सल्किएको आगो वस्तिमा पुग्दा स्थानिय वमवहादुर थापाको घर र दुई ओटा गोठ, चन्द्र वहादुर थापाको १ गोठ र सोम वहादुर रानाको २ गोठ जलेर नष्ट भएको स्थानिय शिक्षक नारायण थापाले जानकारी दिए ।
आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । प्रहरी, स्थानियवासिन्दा आगो नियन्त्रणमा जुटेपनि हावा चलेको र पानीको अभावको कारण कठिन भएको बताइएको छ ।
वस्तीमा आगो फैलने खतरा रहेको भन्दै स्थानीय समेत फैलिन सक्ने हुनाले नजिकका वस्तिहरुमा सजकता अपनाउन अनुरोध गरिएको छ । आगोले वार्ड नं. ५ मा रहेको निजी वन जलेर सखाप भएको स्थानिय शिक्षक वालकृष्ण भट्टराईले जानकारी दिए ।
गुल्मीका बिभिन्न ठाउँमा लागेको आगलागीबाट १ हजार हेक्टर भन्दा बढी जंगलमा क्षति पुगेको जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेयले जानकारी दिए ।
अनिल खत्रीको सहयोगमा
प्रतिक्रिया 4