Comments Add Comment

आफ्नै गीतमा छमछमी नाँचिन् मिलन अमात्य

milan-2

काठमाडौं । पाँचसय बढी गीतमा स्वर दिएकी छिन् मिलन अमात्यले । उनका गीतमा यो चर्चित नायिका एवं मोडलले कम्मर मर्काइ मर्काइ नाँचेका छन् । आफ्ना धेरै गीतमा अरुले नाँचेको हेरेरै चित्त बुझाएकी मिलन यसपाली भने आफै छमछमी नाँचिन् ।

गोपाल दाहालको शब्द, राजनराज शिवाकोटीको संगीत रहेको ‘विश्व सुन्दरी…’ बोलको गीतमा मिलनले स्वर दिनुको साथै अभिनय पनि आफैं गरिन् ।

मनमनै अभिनय गर्ने पाए भन्ने सोच आएपनि आफ्नो गीतमा मोडलिङ गर्छु नै भन्ने थिएन उनलाई । गीत रकेडिङ सक्ने बित्तिकै संगीतकार राजनराजले भने ‘मिलन यो गीतमा तिमी आफैं मोडलिङ गर । राम्रो गर्न सक्छ्यौ ।’

कोरियोग्राफर गम्भिर विष्टले पनि त्यही सल्लाह दिए ‘तपाई नाँच्नुस् राम्रो हुन्छ ।’ दुई सहकर्मीले यसो भनेपछि ऐना हेरिन् मिलन भन्छिन् । ऐनामा आफुलाई मोटी देखेपछि वेट घटाउन तीर लागिन् ।

उनले अभिनय गर्ने कुरो चल्दा उनको वजन ६८ किलो थियो । भिडियो सुटिङ गर्ने वेलामा ५८ किलोमा झारीन आफुलाई । १० किलो कसरि घट्यो ? सहज उत्तर दिईन् ‘बिहान बिहान जगिङ, खानामा माछा मासु बन्द, अरु पनि हल्का कन्ट्रोल ।’

milan-amatya

आँखामा गाजल लाकी छु

ओठमा लाली लाकी छु…भन्दै छमछमी नाचेकी मिलनको नृत्य शैलि ब्यबसायिक मोडलको भन्दा कम छैन । मिलन भन्छिन् ‘दश दिन जति क्लास पनि लिएकी छु ।’

खासमा उनी नाँच्नमा निकै सिपालु थिईन् । पाँच कक्षा पढ्दासम्म स्कुलमा हुने हरेक कार्यक्रममा नाचेरै अवार्ड पाउथिन्, जब गायनमा सक्रिय हुन थालिन् । नाँच्ने काम ठप्पै बन्द भयो । मिलन भन्छिन् ‘गायनमा ब्यस्त भएपछि नाँच्न छाडेँ ।’

अहिले उनको यो भिडियो धेरैका लागि सरप्राईज भएको छ । ‘कति राम्रो नाँचेकी ?’ उनका शुभचिन्तकहरुले यहि प्रश्न गर्ने गरेका छन् । विशाल भण्डारीको निर्देशन रहेको भिडियोलाई आम दर्शकले निकै मन पराएका छन् ।

तेस्रो एलबम ‘मिलन यात्रा’ को तयारीमा रहेकि मिलनलाई फिल्मप्रति भने रुची छैन । तर, संगीतमा आफ्नो रफ्तार कायमै राख्ने योजनामा छिन् । चलचित्र र आधुनिक गायनमा सक्रिय मिलनको ‘के म तिम्रो होइन र’ को गीत अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment