+
+
Shares

आमादब्लम हिमालमा जर्मन आरोहीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोलुखुम्बुको आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ।
  • शिखर चुमेर फर्कने क्रममा करिब १ हजार ५०० मिटर तल खसेका उनको शव सोमबार खोजी टोलीले फेला पारेको हो।
  • शव हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर पोस्टमार्टम गरिने र चालु शरद् सिजनमा आमादब्लम आरोहणका लागि ३०० भन्दा बढीले अनुमति लिएका छन्।

१० कात्तिक, काठमाडौं । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर अग्लो हिमालको शिखर चुमेर फर्किने क्रममा उनी करिब एक हजार ५०० मिटर तल खसेका थिए ।

आइतबार आमादब्लम हिमालको चुचुरोमा पुगेका ती आरोहीको सोमबार मृत्यु भएको हो । उनको शव सोमबार नै खोजी टोलीले फेला पारेको स्थानीय व्यवस्थापनको जिम्मा लिएको कम्पनी रियल हिमालय प्रालिका प्रमुख गोकुल थापाले बताएका छन् ।

थापाले लुक्लाबाट दिएको जानकारी अनुसार शव हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर पोस्टमार्टम गरिनेछ ।

सगरमाथा रहेको सोलुखुम्बु जिल्लामा पर्ने आमादब्लम हिमाल आरोहीमाझ लोकप्रिय गन्तव्य हो । चालु शरद् ऋतुको आरोहण सिजनमा आमादब्लम आरोहणका लागि ३०० भन्दा बढी आरोहीले अनुमति लिएका छन् । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई नेपालमा मुख्य शरद् आरोहण सिजन मानिन्छ ।

यसअघि गत साता पश्चिम नेपालको गंगापूर्णा हिमालमा दुई जापानी आरोहीको मृत्यु भएको थियो ।

यसै वर्ष पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ब्रड पिक हिमालमा हिमपहिरोमा परी चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?