Comments Add Comment

गुल्मीमा आगो निभाउने क्रममा जलेर एकको मृत्यु, २ घाइते

रेसुङ्गा वनमा लागेको आगो नियन्त्रण बाहिर

१७ वैशाख, तम्घास । गुल्मीको इस्मामा आगोमा जलेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा इस्मा दोहोली १ का ५५ वर्षीय तुल्सीबहादुर लामा छन् ।

aaglagi_gulmi
फाइल तस्वीर

शुक्रवार बिहानदेखि स्थानीय कल्यार बनमा लागेको आगो नजिकै रहेको सौतेगौडा खरबारीमा आएपछि लामाले निभाउन खोजेका थिए । घर नजिकै आएको आगो निभाउने क्रममा जलेर उनको मृत्यु भएको पत्रकार शिव सुवेदीले जानकारी दिए ।

मिनबहादुर लामा र लोकबहादुर गुरुङ जलेर घाइते भएका छन् । गुरुङको ७० प्रतिशतभन्दा बढी शरिरको भाग जलेको स्थानीयले बताएका छन् । घाइते दुबैलाई स्थानीय स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि पाल्पा पठाइएको छ ।

रेसुङ्गाको आगो नियन्त्रण बाहिर

यता बिहीवार साँझदेखि रेसुङ्गा क्षेत्रको बनमा लागेको आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । दिउँसो चलेको हावाहुरीका कारण आगो नियन्त्रणभन्दा बाहिर गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment