१८ वैशाख, काठमाडौं । जनताले दिएको मतका आधारमा राजनीतिक दलले सरकारी रकम पाउने भएका छन् ।
राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको आजको नागरिक दैनिक समाचार छ ।
निर्वाचन आयोगले तयार गरेको प्रस्तावित विधेयकमा प्रत्यक्षबाट आउने कुल सदर मतमध्ये १.५ प्रतिशतसम्म ल्याउने दलले अनुदान पाउनेछन् ।
संविधान कार्यान्वयनसँगै बन्दै गरेको राजनीतिक दलसम्बन्धी विधेयकमा आयोगले अनुदान व्यवस्था गरेको हो तर अनुदान कति पाउने भन्ने तोकिएको छैन ।
निर्वाचन आयोगले व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिसँग प्रस्तावित विधेयकका विषयवस्तुमाथि छलफल गरेको थियो ।
प्रस्तावित विधेयकमाथि छलफल गर्दै साना दलको प्रतिनिधित्व गर्ने सांसदले थ्रेसहोल्ड राख्न नहुनेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4