Comments Add Comment

जन्मदिनमा अनुष्काः फिल्म भन्दा प्रेम चर्चा धेरै

anuska sharma hot
चलचित्र ‘सुल्तान’मा रेश्लरको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शर्मा २८ वर्ष लागेकी छिन् । मे १ सन् १९८८ मा उत्तर प्रदेशको अयोध्यामा उनको जन्म भएको थियो । उनका बुबा अजय कुमार शर्मा आर्मी आफिसर हुन् भने आमा आशिमा शर्मा गृहणी हुन् । अनुष्काको एकजना दाई छन् । अनुष्काले सैनिक स्कुलमा विद्यालयस्तरको पढाई पुरा गरेकी थिइन् भने माउण्ट कारमेल कलेज बैंगलोरवाट स्नातक गरेकी छिन् ।

कलेजको पढाई पुरा भए लगत्तै अनुष्काले मुम्बई आएर मोडलिङ सुरु गरेकी थिइन् । सन् २००७ मा पहिलो पटक उनले मोडलिङमा ब्रेक पाएकी थिइन् । सन् २००८ उनले आदित्य चोपडाको चलचित्र ‘रब ने बना दी जोडी’ मा अभिनय गरिन् । जुन चलचित्रममा उनले साहरुख खानको नायिका बन्ने अवसर पाएकी थिइन् ।

बलिउडमा आएपछि अनुष्काको नाम ‘ब्याण्ड बाजा बरात’का कलाकार रणबीर सिंहसँग जोडिएको थियो । तर, उनीहरु चाडै नै अलग भए । अहिले अनुष्का भारतीय टेस्ट टिम क्याप्टेन विराट कोहलीसँग डेटिङमा छिन् ।

आज अनुष्का बलिउडकी प्रभावशाली नायिकाको रुपमा चिनिन्छिन् । ‘जब तक है जान, पिके’ जस्ता चर्चित चलचित्रमा अभिनय गरेकी उनले चलचित्र ‘एनएच १०’ निर्माण गरेकी छिन् । उनको ‘सुल्तान र ए दिल है मुस्किल’ प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment